बाल मन्दिर माध्यमिक विद्यालयलाई एनएमबी बैंकको साथ

समाधान संवाददाता २०७६ फागुन ८ गते १२:४९

समाधान संवाददाता, पोखरा

पोखरा ३ नदीपुरको बाल मन्दिर माध्यमिक विद्यालयलाई एनएमबी बैंक पोखराले फोटोकपी मेसिन प्रदान गरेको छ । एनएमबीका गण्डकी प्रदेश प्रमुख गणेश पराजुली र गण्डकी प्रदेशका विभागीय प्रमुख माधव अधिकारीले संयुक्त रुपमा विद्यालयका व्यवस्थापन समिति अध्यक्ष अर्जुनकुमार पराजुली र प्रधानाध्यापक सुशील बस्नेतलाई फोटोकपी मेसिन हस्तान्तरण गरेका हुन् ।

बंैकले सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत सहयोग गरेको बैंकका प्रदेश प्रमुख पराजुलीले बताए । विद्यालय अध्यक्ष पराजुलीले सहयोगप्रति आभार प्रकट गरे । बाल मन्दिरमा १ हजार ५ सय ७५ विद्यार्थी छन् । शिक्षित समाज समाजिक विकासको महत्वपूर्ण पक्ष भएकाले बैंकले यस खालका सहयोग गरिरहेको बताए ।

Advertisement

एनएमबीका देशभरि १ सय ६३ शाखा, १ सय ३१ एटिएम र ५ एक्सटेन्सन काउन्टर छन् । बैंकले फाइनान्सियल टाइम्स लन्डनबाट सन् २०१७ र २०१८ मा लगातार ‘बैंक अफ द इयर’ सम्मान पाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया