‘फुडरा’बाट घरमै रेस्टुरेन्टको खाना

समाधान संवाददाता २०७६ फागुन ८ गते १२:५७

निश्चल प्रजापती
पोखरा

पोखरामा खाना डेलिभरी गर्ने कम्पनी फुडरा डेलिभरी प्रालि खुलेको छ । बुधबार पोखरामा पत्रकार सम्मेलन गरी फुडराका सञ्चालक सेसिभ भुर्तेलले खाना डेलिभरी सुरु गरेको जानकारी दिए ।

‘फुड’ र ‘पोखरा’ शब्द मिलाएर कम्पनीको नाम राखिएको उनको भनाइ छ । फुडराले व्यस्त दैनिकी भएका विभिन्न परिकारका सौखिनका लागि घर वा कार्यालयमा नै खाना पुर्‍याउने भुर्तेलले बताए । हाल पोखराका ५० रेस्टुरेन्टसँग समन्वय भएको उनले सुनाए । ‘अरु रेस्टुरेन्ट पनि हामीसँग आबद्ध हुन आतुर छौं,’ उनले भने ।

Advertisement

पोखरा आएका पर्यटकलाई कहाँ जाने, के खाने भन्ने अन्योल पनि फुडराको वेबसाइट र एन्ड्रोइड वा आइओएस एपबाट सजिलै हट्ने उनको दाबी छ । कम्पनीले प्रति किलोमिटर १० रुपैयाँ शुल्क तोकेको भए पनि आरम्भको पहिलो महिनाभर डेलिभरी सित्तैमा गरिने उनले बताए ।

पोखरामा राती १२ बजेसम्म घरमा नै खाना, मदिरा तथा हुक्का पनि पुर्‍याउने पहिलो कम्पनी बन्ने उनले जनाए । ‘लाइभ अर्डर ट्राकिङ सिस्टम’ले घरै बसेर अर्डर गरेको खाना वेबसाइट वा एपबाट कहाँ आइपुग्यो हेर्न पनि मिल्नेछ । २० लाख लगानीमा सञ्चालनमा ल्याइएको फुडरामा हाल ५ डेलिभरी पर्सनसहित १० कर्मचारी छन् ।

Advertisement

तपाईको प्रतिक्रिया