बजार अनुगमन नियमित गर

समाधान संवाददाता २०७६ फागुन ८ गते १३:५५

गण्डकी प्रदेश उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले मंगलबार बजार अनुगमन गर्दा खाद्य वस्तुमा अखाद्य वस्तुको मिसावट फेला पा¥यो । गणेशटोल, नालामुख र बागलुङ बसपार्क आसपासका पसल र उत्पादन केन्द्रमा अनुगमन हुँदा बजारमा असाध्यै बिक्ने तर स्वास्थ्यका दृष्टिले हानिकारक मानिने माडा, अमिली जस्ता सामान फेला परेको छ । म्याद गुज्रेका लालमोहन, छुर्पी लगायत सामग्री अनुगमन टोलीले नस्टसमेत गरेको छ । उत्पादन मिति लगायत विवरण उल्लेख नभएका सामान बिक्री भेटिएको छ । म्याद नाघेको र बिना लेबलका सामग्री बिक्री नगर्न अनुगमन टोलीले निर्देशन दिएको छ । थुप्रै कमजोरी बजार अनुगमनमा भेटिए ।

गुनासो परेपछि निर्देशनालयले बजार अनुगमन गरेको थियो । बजार अनुगमनलाई नियमित गराउने हो भने यस्ता थुप्रै कमजोरी सतहमा देखिन्थे पक्कै । तर यहाँ बजार अनुगमनका लागि औंसी वा पुर्णे कुर्ने चलन छ । कि त दसैं आउनुपर्छ कि कुनै अरु चाडपर्व वा गुनासो पर्नुपर्छ । नेपालीको बानी भने गुनासो गर्ने हुँदै हुँदैन । उपभोक्ताले गुनासो र उजुरी गर्दैनन् । एक उनीहरुमा त्यस्तो आदत छैन । अर्काे गुनासो गरे पनि केही हुँदैन भन्ठान्छन् । राज्य संयन्त्रप्रति उनीहरुको विश्वास छैन । यो अविश्वास अनुगमनको जिम्मेवारी रहेका अधिकारीहरुकै कारण हो ।

अनुगमन हुन्छ, नियमित हुन्छ र गलत गर्नेलाई कारबाही भएर उपभोक्तालाई न्याय दिइन्छ भन्ने विश्वास उनीहरुले दिलाउनुपथ्र्याे । उपभोक्ता त केसम्म ठान्छन् भने व्यापारी र सरकारी अधिकारीको मिलेमतो हुन्छ । गुनासो गर्ने हो भने त सरकारी अधिकारीलाई खानेबाटो देखाइदिएजस्तो हुन्छ भन्ने उपभोक्तालाई पर्दै आएको छ । यो भ्रम या विश्वास के हो त्यो तोड्ने जिम्मेवारी अधिकारीहरुकै हो । त्यसका लागि उनीहरुले बजार अनुगमन कडा बनाउनुपर्छ । गल्ती गर्दा कडा कारबाही गर्नुपर्छ । त्यो कारबाहीको सन्देश प्रवाह गर्नुपर्छ । तर कतिपय अनुगमनकर्ता कतै पत्रकारले थाहा पो पाउने हुन् कि झै गरी सूचना लुकाउन माहिर छन् । होइन भने प्रदेश सरकारले बजार अनुगमन नियमावली जारी गरेपछि असोज यता निर्देशनालयले अनुगमनलाई निरन्तरता दिएको दाबी गरेको छ । तर त्यो सार्वजनिक भएको कमै पाइन्छ ।

Advertisement

प्रदेश सरकारले अनुगमनको कानुन त बनायो । अब पूर्वाधार बनाउनुपर्छ । जनशक्ति पुग्दैन भने बढाउनुपर्छ । बजार अनुगमनमा जनशक्ति नपुग हुनु भनेको उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्नु वा त्यसलाई गम्भीर विषयका रुपमा नलिनु हो । आवश्यक ल्याब जस्ता पूर्वाधार चुस्त हुनुपर्छ । तरकारीमा विषादी जाँच्ने ल्याब जस्तो कहिले चल्ने कहिले बन्द हुने हुनु हुँदैन र ल्याब पनि अत्याधुनिक हुनुपर्छ, देखावटी ल्याबले प्रचार दिन्छ तर काम दिँदैन ।

Advertisement

तपाईको प्रतिक्रिया