पुतली बजार नगरपालिका ५ र ७ जोड्ने एक्ले पिपलमा झबेनी झोलुङे पुल

समाधान संवाददाता, स्याङ्जा
पुतली बजार नगरपालिका ५ र ७ जोड्ने एक्ले पिपलमा झबेनी झोलुङे पुल निर्माण भएको छ । अन्धाअन्धी सामुदायिक विकास केन्द्रको प्राविधिक सहयोगमा निर्माण थालेको ३ महिनामा झोलुङ्गे पुल निर्माण सकिएको हो ।
संघीय सरकारको ५७ लाख १८ हजार ८९ रुपैयाँ ८२ पैसा, नगरपालिकाको ३ लाख ९१ हजार ४ सय ७१ रुपैयाँ १३ पैसा र उपभोक्ताको १ लाख ३० गरी ६२ लाख ४० हजार ३ सय ६० रुपैयाँ ९५ पैसामा पुल निर्माण सकिएको हो ।
एन आकाररको दुबै छेउँमा फलामबाट ८ मिटर अग्लो एन्टिना हालेर र स्टिल डेक तथा सबै फलामका सामान हालेर बनाइएको पुल ९५ मिटर लामो छ । वर्षादमा १ घण्टा घुमेर सामान ओसार पसार, रोपार्इँका हल खेताल आहोर दोहोर, विद्यार्थी अध्ययनका लागि आवतजावत गर्न पुल निर्माणसँगै सहज भएको स्थानीय कृष्णप्रसाद रेग्मीले बताए ।
पुल निर्माणले वडा नं ५ का ढाँडे, चौर, सिम्ले, आरनडाडाँ तल्लाथर नयाँ बजार दोभान र वडा ७ को तोरादी, कुइरे, चौतारेडाँडा अर्बकुनाका स्थानीयले सुविधा पाएका छन् ।
पुल निर्माणले ४ सय ६० घरधुरीका २ हजार ४ सय ११ स्थानीय नागरिक लाभान्वित भएका छन् । पुल उद्घाटन गर्दै संघीय सांसद नारायणप्रसाद मरासिनीले ३ महिनामा पुल निर्माण हुनु देशकै लागि गर्भको विषय भएको बताए ।
कार्यक्रममा प्रदेश सभा सदस्य दीपक चर्तीमगर, वडा नं ७ का अध्यक्ष विश्वेश्वरप्रसाद रेग्मी, वडा नं ५ का अध्यक्ष रामचन्द्र रेग्मी, अन्धाअन्धी सामुदायिक विकास केन्द्रका प्रमुख एकनारायण सापकोटा, निर्माण समितिको कोषाध्यक्ष कमलादेवी तिमिल्सिना लगायतले बोलेका थिए ।









फागुन २१ को चुनाव सर्दैन, सफल पार्ने उपाय खोजौँ : प्रधानमन्त्री कार्की
दलहरूलाई आयोगको २० बुँदे निर्देशन : प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार अनिवार्य
नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम
चर्को आवाज निकाल्ने बाइक चालक पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
तपाईको प्रतिक्रिया