पुतली बजार नगरपालिका ५ र ७ जोड्ने एक्ले पिपलमा झबेनी झोलुङे पुल

समाधान संवाददाता २०७६ फागुन ९ गते १३:२८

समाधान संवाददाता, स्याङ्जा

पुतली बजार नगरपालिका ५ र ७ जोड्ने एक्ले पिपलमा झबेनी झोलुङे पुल निर्माण भएको छ । अन्धाअन्धी सामुदायिक विकास केन्द्रको प्राविधिक सहयोगमा निर्माण थालेको ३ महिनामा झोलुङ्गे पुल निर्माण सकिएको हो ।

संघीय सरकारको ५७ लाख १८ हजार ८९ रुपैयाँ ८२ पैसा, नगरपालिकाको ३ लाख ९१ हजार ४ सय ७१ रुपैयाँ १३ पैसा र उपभोक्ताको १ लाख ३० गरी ६२ लाख ४० हजार ३ सय ६० रुपैयाँ ९५ पैसामा पुल निर्माण सकिएको हो ।

Advertisement

एन आकाररको दुबै छेउँमा फलामबाट ८ मिटर अग्लो एन्टिना हालेर र स्टिल डेक तथा सबै फलामका सामान हालेर बनाइएको पुल ९५ मिटर लामो छ । वर्षादमा १ घण्टा घुमेर सामान ओसार पसार, रोपार्इँका हल खेताल आहोर दोहोर, विद्यार्थी अध्ययनका लागि आवतजावत गर्न पुल निर्माणसँगै सहज भएको स्थानीय कृष्णप्रसाद रेग्मीले बताए ।

पुल निर्माणले वडा नं ५ का ढाँडे, चौर, सिम्ले, आरनडाडाँ तल्लाथर नयाँ बजार दोभान र वडा ७ को तोरादी, कुइरे, चौतारेडाँडा अर्बकुनाका स्थानीयले सुविधा पाएका छन् ।

Advertisement

पुल निर्माणले ४ सय ६० घरधुरीका २ हजार ४ सय ११ स्थानीय नागरिक लाभान्वित भएका छन् । पुल उद्घाटन गर्दै संघीय सांसद नारायणप्रसाद मरासिनीले ३ महिनामा पुल निर्माण हुनु देशकै लागि गर्भको विषय भएको बताए ।

कार्यक्रममा प्रदेश सभा सदस्य दीपक चर्तीमगर, वडा नं ७ का अध्यक्ष विश्वेश्वरप्रसाद रेग्मी, वडा नं ५ का अध्यक्ष रामचन्द्र रेग्मी, अन्धाअन्धी सामुदायिक विकास केन्द्रका प्रमुख एकनारायण सापकोटा, निर्माण समितिको कोषाध्यक्ष कमलादेवी तिमिल्सिना लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया