रवीन्द्र स्मृतिमा कला कार्यशाला

निश्चल प्रजापती
पोखरा
रवीन्द्र अधिकारी स्मृति दिवसको अवसर पारी फागुन १० गते पोखरा सभागृहमा कला कार्यशाला हुने भएको छ । स्व. रवीन्द्रको प्रथम स्मृति दिवसका सन्दर्भमा ‘क्यानभासमा रवीन्द्र’ शीर्षकको कला कार्यशाला गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।
शनिबार हुने कार्यशालाका लागि पोखरा र काठमाडौँबाट १५ कलाकारको सहभागी हुने संयोजक रमेश श्रेष्ठले जानकारी दिए । कार्यशालामा स्व. रवीन्द्रको सम्झनामा कला सिर्जना गरिने छ । शनिबार सिर्जना गरिएका कला फागुन १५ मा मनाइने रवीन्द्र अधिकारी स्मृति दिवसमा प्रदर्शन हुने श्रेष्ठले बताए । कला प्रदर्शनी पोखरा सभागृहमा हुने छ ।
प्रथम स्मृति दिवसका अवसरमा ‘विकास, राजनीति र रवीन्द्र’ शीर्षकमा आयोजित राष्ट्रियस्तरको नेपाली निबन्ध प्रतियोगिताको पुरस्कार पनि वितरण गरिने छ । नेपाल भरका स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीबीच प्रतियोगिता भएको थियो ।
प्रतियोगितामा प्रथम हुने विद्यार्थीलाई २५ हजार, द्वितीय हुनेलाई २० हजार र तृतीय हुनेल १५ हजारका साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।
गतसाल फागुन १५ मा ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा परी उनीसहित ७ जनाको निधन भएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानका संरक्षकसमेत रहेका स्व. अधिकारीका ‘समृद्ध नेपाल’ र ‘लोकतन्त्र तथा संविधानसभा र राज्य पुनर्संरचना’ २ पुस्तक प्रकाशित छन् ।
स्व. अधिकारीका सम्झनामा गत जेठ १८ गते रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान स्थापना गरिएको थियो ।









हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन थापा र विश्वप्रकाश शर्मालाई पार्टीबाट ५ वर्षका लागि निष्काशन
ऐतिहासिक ढुंगेसाँघु–माघेसङ्क्रान्ति मेलाको सांस्कृतिक विरासत
राजावादी आन्दोलनमा आउन भन्दै एसएमएस पठाउने निर्देश सेढाईं पक्राउ
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया