सेताम्मे हिउँले किसानमा उत्साह

मुस्ताङका ५ वटै पालिकामा हिमपात । तस्बिरः एसके थकाली ।
एसके थकाली
जोमसोम
मुस्ताङमा शुक्रबार हिमपात भएको छ । हिमपातसँगै खेतबारीमा लगाइने बालीनाली सप्रिने अपेक्षासहित किसान उत्साहित भएका हुन् । गत माघदेखि यहाँका किसान धमाधम स्याउ बगैंचा व्यवस्थापन गर्न र नया स्याउका बिरुवा लगाउन व्यस्त छन् ।
हिउँले स्याउका बोट तथा नयाँ बिरुवालाई सिँचाइ आवश्यकता पूर्ति गर्ने, हिउँले स्याउ बिरुवामा लाग्ने विभिन्न रोगका संक्रमणलाई हटाउने, रैथानी बालीलाई चाहिने कार्बनको मात्रा पूरा गर्ने र जमिनको माटोलाई खुकुलो पार्न सहयोग पुर्याउने हुनाले हिउँ पर्नु किसानका लागि फाइदाजनक भएको छेङ्गुरका किसान गमबहादुर गुरुङले जानकारी दिए । यस वर्ष करिब २५ सय नया स्याउका बिरुवा लगाइएको छ । यस वर्ष मुस्ताङमा ६५ सय टन स्याउ फलेको थियो ।
हिउँदयामको समाप्तिसँगै मुस्ताङका शैक्षिक संस्था खुल्न थालेका छन् । विद्यालय खुलेपछि नयाँ शैक्षिक सत्रको पढाइ सुरु भएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख टंकराज बरालले बताए । उनले नियमित पठन÷पाठन सुरुआत भए पनि शुक्रबार परेको हिमपातले शैक्षिक पठन÷पाठनमा असर पारेको जनाए । हिउँदयामको जाडो छल्न बेसी झरेका मुस्ताङी घर फर्किने समयमा हिमपात भएको हो ।
मुस्ताङका ५ वटै स्थानीय तहमा हिमपात भयो । हिमपातका कारण विद्यार्थी विद्यालयसम्म पुग्न सकेका छैन । यसअघि मुस्ताङमा ३ पटकसम्म हिमपात भएको थियो । हिउँदयाम सकिएर गर्मीयाम सुरुआतको महिनामा हिमपात भएको हो । मुस्ताङीहरु हिमपातका कारण घर फर्किन समेत अप्ठेरो परेको हो । उपल्लो मुस्ताङमा गत मंसिरदेखि सार्वजनिक यातायातका साधनहरु चलेका छैनन् । हिमपातले उपल्लो मुस्ताङको सडकमा हिउँ जमेपछि विगत ३ महिनादेखि सवारी आउजाउ ठप्प भएको यातायात व्यवसायी देव गुरुङले जानकारी दिए । उनले सडक सफा भए यातायात सेवा साविक बमोजिम चालु गर्ने बताए ।
मुस्ताङमा यसअघि परेको हिउँ ओभाउँदै गएको अवस्थामा पुनः हिउँ थपिएको हो । हिउँ परेपछि जोमसोमदेखि मुक्तिनाथ जाने सडक अवरुद्ध भएको छ । उपल्लो मुस्ताङमा खाद्यान्न ढुवानीका लागि लोघेकर दामोदरकुण्ड–१ का अध्यक्षले डोजर लगाएर हिउँ सफा गरेको थियो । कागबेनी–मुक्तिनाथ सडकको हिउँ बारागुङ मुक्तिक्षेत्रले सफा गरेको थियो । जारी सिजनको अन्तिम हिउँ परेपछि मुस्ताङ आउने पर्यटकलाई समेत असहज भएको छ ।









इस्वी संवत् २०२६ सुरु : पर्यटकीय क्षेत्रमा उल्लास
‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया