तनहुँमा दुईवटा बस ठोक्किँदा ४३ जना घाइते

समाधान संवाददाता २०७६ फागुन ११ गते १३:३४

समाधान संवाददाता, तनहुँ

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आज बिहान भएको बस एकआपसमा जुध्दा चालकसहित ४३ जना घाईते भएका छन् ।

दमौलीबाट मुग्लिङ्गतर्फ जाँदै गरेको ना ७ ख २०६ नम्बरको बस र डुम्रेबाट दमौली आउँदै गरेको ना ५ ख २८५६ नम्बरको बस एकआपसमा जुधेकाे जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

Advertisement

दुर्घटनामा घाइते भएकामध्ये ३ जना घाइतेलाई चितवन मेडिकल कलेज र २ जनालाई पोखरास्थित मणिपाल अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ । अन्य घाईतेहरुलाई दमौलीस्थित रत्नहरि अस्पतालम एपोलो अस्पताल, दमौली अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

तीव्र गतिमा आएको ना ५ ख २८५६ नं को बसले गलत दिशामा आएर अर्को बसलाई ठक्कर दिएको थियो । दुर्घटनापछि केही बेर अवरुद्ध भएको सडक अहिले एकतर्फी संचालनमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया