सुनको भाउको नयाँ रेकर्डः ८० हजार तीन सय

समाधान संवाददाता २०७६ फागुन १२ गते १२:३६

समाधान संवाददाता, पाेखरा

सोमबार सुनको मूल्य ८० हजार कटेको छ। पछिल्लो समय सुनको मूल्यले एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनाइरहेको छ। आज छापावाला सुनको मूल्यले ८० हजार ३ सयमा पुगेर अहिलेसम्मकै रेकर्ड तोडेकाे छ।

आइतबार प्रतितोला ७८ हजार ८ सय पुगेर नयाँ रर्कड बनाएको सुनको मूल्यले सोमबार एकैदिन १५ सयले बढेर फेरि अर्को रेकर्ड बनाएको हो।

Advertisement

त्यसैगरी, तेजाबी सुनको मूल्य ८० हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

आजका लागि चाँदीको मूल्य प्रतितोला ९ सय २५ रुपैयाँमा कायम छ। अहिले अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेको छ।

Advertisement

आइतबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १६ सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको सुन सोमबार बढेर प्रतिऔंस १६ सय ६१ अमेरिकी डलरमा पुगेको छ।

चीनमा फैलिएका कोरोना भाइरसको कारण आर्थिक क्षेत्रमा असर परेकोले यसको प्रभाव अन्तर्राष्ट्रिय आर्थिक क्षेत्रमा देखिएको विश्लेषकहरुको भनाइ छ। 

त्यसैगरी, अमेरिका र चीनबीच व्यापार युद्धले पनि विश्व बजारमा असर गरिरहेको छ। 
अन्तर्राष्ट्रिय संचार माध्यमहरुले सुनको मूल्य अझै बढ्ने बताइरहेका छन्। नेपाली सुनचाँदी व्यवसायी महासंघले पनि सुनको मूल्य अझै बढ्नसक्ने अनुमान गरेको छ।


तपाईको प्रतिक्रिया