फेरियो ढुम्बा तालको रुप

समाधान संवाददाता २०७६ फागुन १२ गते १३:५९

तस्बिरः थापा राम

एसके थकाली
जोमसोम

पछिल्लो समय मुस्ताङको ढुम्बा ताल पर्यटकीय केन्द्र बनेको छ । सुमन्द्री सतहदेखि करिब २ हजार ७ सय मिटर उचाइमा रहेको मनोरम ताल मुस्ताङ आउने आन्तरिक पर्यटकको रोजाइ बनेको हो ।

Advertisement

मुस्ताङ सदरमुकाम जोमसोमदेखि पश्चिम नीलगिरि हिमालको काखैमा छ ढुम्बा ताल । शुक्रबार मुस्ताङमा हिउँ प¥यो । मुस्ताङका खर्क र डाडाँकाडा सबै हिउँले सेताम्मे भए । तालवरिपरि बाक्लो हिउँ छ । यही जमिनको सतहमा थुप्रिएको हिउँको आवरणले ढुम्बातालको सौन्दर्यलाई थप मनमोहक बनेको छ ।

शनिबार ताल हेर्न र फोटो खिच्न त्यहाँ पुग्ने पर्यटकले तालको नयाँ स्वरुप देखे । ढुम्बा तालको औसत लम्बाइ करिब २ सय मिटर छ । तालवरपर फैलिएको बाक्लो हिउँ देख्न सकिन्छ । नीलो देखिने ढुम्बा ताललाई सेताम्मे हिउँले स्वरुपै फेरिदिएको छ । सेताम्मे हिउँको फ्रेमभित्र तालमा छाएको आकृतिले ढुम्बातालको सुन्दर फरक महसुस हुन्छ ।

Advertisement

हिउदका पुस र माघ महिनामा ढुम्बाताल जम्छ । कुछ्प तेरङगा गुम्बाको व्यवस्थापन समितिको तालको संरक्षण गरेको हो । कुछ्प तेरङ्गा गुम्बामा महत्वपूर्ण पूजाआजा हँदा यही ढुम्बातालको जल चढाउने चलन छ । तालमा माछा पालन गरिएको छ ।

जोमसोमदेखि करिब ५ किलोमिटरमा रहेको ताल पुग्ने बाटो कच्ची छ । चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले यो बाटो कालोपत्र गर्ने भएको छ । गत वर्ष एक्याप जोमसोमले तालवरपर विश्राम स्थल र उद्यान केन्द्र निर्माण गरेको एक्याप मुस्ताङ प्रमुख तुलसी दाहालले बताए ।


तपाईको प्रतिक्रिया