तमु प्ये ल्हु संघकाे गुरुयाेजना

समाधान संवाददाता, पोखरा
तमु प्ये ल्हु संघले १ अर्ब २५ करोड लागत इस्टिमेटसहित विस्तृत गुरुयोजना सार्वजनिक गरेको छ । संघको परिसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गुरुयोजना सार्वजनिक गर्दै संघले अघि सारेको गुरुयोजना गण्डकी प्रदेशको नमुना गहना भएको बताए । उनले गौरवको आयोजना हुनसक्ने भन्दै, ‘पुरातात्विक महत्वको विषय, धार्मिक, सांस्कृति र भाषिक विषयलाई संरक्षण गरी समृद्धिसँग जोड्न गुरुयोजना सफल हुन्छ ।’ मुख्यमन्त्री गुरुङले भने, ‘विकासलाई इतिहास र पहिचानसँग जोड्न सकिएन भने त्यो विकास निरर्थक हुन्छ ।’
मुख्यमन्त्री गुरुङले पूँजीगत खर्चकालागि गरिने प्रक्रिया गलत भएको बताएका छन् । आर्थिक वर्षको बजेट साउनबाट लागु भए पनि त्यसको अख्तियारी दिनलाई ४÷५ महिना प्रक्रिया लाग्ने र सार्वजनिक खरिद ऐनले पनि ढिलासुस्ती हुन गई ६÷७ महिना लाग्ने बताएका छन् । विगतमा साधन र स्रोतले ३५ दिन म्याद चाहिने भए पनि अहिलेको परिस्थितिमा आवश्यक नभएको बताए । उनले भने, ‘अहिलेको प्रविधिको युगमा ३५ दिने सार्वजनिक म्यादलाई १ हप्तामा झार्र्नु पर्छ ।’ उनले थपे, ‘पूँजीगत खर्च ढिलासुस्ती हुँदा हरेक ठाउँमा असर गर्छ, यसले रोजगारीमा पनि असर पु¥याएको छ, आम्दानीमा असर पुर्याएको छ ।’
तमुहरुको ऐतिहासिक एवं पुरातात्विक क्होलालाई संरक्षण, सम्बद्र्धन गर्न आवश्यक सहयोग गर्ने मुख्यमन्त्री गुरुङले बताए । क्होलालाई मौलिकतामा नबिगारी त्यसको संरक्षणमा गण्डकी प्रदेश लाग्ने बताए । उनले भने, ‘जथाभावी बनेको भौतिक संरचना, पार्टी पौवालाई हटाउनु पर्छ, त्यसको मौलिकताको संरक्षणका लागि गण्डकी प्रदेशले काम गर्छ ।’
संघले अघि सारेको विस्तृत गुरुयोजनालाई प्रदेश सरकारबाट सक्दो सहयोग गर्ने मुख्यमन्त्री गुरुङको भनाइ थियो । तमु प्ये ल्हु संघले अघि सारेको विस्तृत गुरु योजनामा क्होइबो घर, अर्घुं घरसहित सभा हल, वृद्धवृद्धाको लागि डे केयर, स्वास्थ्य चौकी, रेस्टुरेन्ट, गेस्ट हाउस, स्वीमिङ पुल लगायतका योजनाहरु समावेश छन् ।
संघको विस्तृत गुरुयोजना कार्यक्रममा गण्डकी प्रदेशका सांसद बिन्दुकुमार थापा, मानबहादुर गुरुङ, गुरुयोजनाका परिकल्पनाकार आर्किटेक्चर इन्जिनियर बाबुराम भण्डारी, पोखरा महानगरपालिका वडा नं. ११ का अध्यक्ष मोहन बास्तोला, मण्डला आइटी सोलुसनका सफ्टवयर इन्जिनियर तथा तमु प्ये ल्हु संघको वेभ डिजाइनर प्रतिमा शर्मा, संघका वरिष्ठ उपाध्यक्ष आइबहादुर ल्हेंगे तमु, संघका अध्यक्ष हितकाजी टु तमु, हर्कबहादुर योज तमु लगायतले गुरु योजनाबारे बोलेका थिए । कार्यक्रममा संघको आधिकारिक वेभसाइट डब्लुडब्लुडब्लु तमु प्ये ल्हु संघ डट ओराजी डट एनपीकोसमेत मुख्यमन्त्री गुरुङले सार्वजनिक गरे ।









लेखनाथ खानेपानीद्वारा कर र ब्याजदरमा सहुलियतको माग
खनाललाई लेखनाथ र अधिकारीलाई शेर–विष्णु पत्रकारिता पुरस्कार प्रदान
कठ्याङ्ग्रिँदो चिसोमा पनि मुक्तिनाथमा दर्शनार्थीको चहलपहल
समानुपातिक सूची सच्याउँछाैँ : रवि लामिछाने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया