‘सार्वजनिक जग्गा कब्जा गर्न नदेऊ’

एसके थकाली
जोमसोम
जिल्ला प्रशासन कार्यालय मुस्ताङले जिल्लाका ५ वटै स्थानीय तहलाई सार्वजनिक जग्गा संरक्षण गर्न पत्राचार गरेको छ । प्रशासनले सार्वजनिक सम्पत्ती संरक्षण गर्ने दायित्व स्थानीय सरकारको भएकाले गैरकानुनी जग्गा अतिक्रमण रोक्न आग्रह गर्दै पत्र पठाएको हो ।
पत्रमा मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले हस्ताक्षर गरेका छन् । पत्रमा जिल्लाका विभिन्न स्थानमा सरकारी जग्गा विभिन्न व्यक्ति तथा गाउँमुखियाले मनोमानी रुपमा मिलिजुली समाजघर तथा विभिन्न संघ, संस्था र व्यक्तिलाई आर्थिक प्रलोभन लिनेदिने गरेको जनगुनासो प्राप्त भएको उल्लेख छ । अहिले नै यस्तो क्रियाकलाप नियन्त्रण नगरे भविष्यमा थप जग्गा अतिक्रमण हुन सक्नेतर्फ पनि प्रशासनले सचेत गराएको छ ।
मुस्ताङका ५ वटै स्थानीय तहका ९६ गाउँमा मुखिया शासन यद्यपि छ । प्रत्येक गाउँमा आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक र न्यायिक सुशासन कायम गराउन मुखियाँ चुन्ने सांस्कृतिक परम्परा छ । सदियौंदेखि यहाँका मुखिया समितिले घरबास नहुने गरिब तथा विपन्न परिवारलाई सार्वजनिक जग्गामा बस्न अनुमति दिँदै आएका छन् । मुस्ताङमा कतिपय स्थानमा मुखियाकै स्वीकृतिमा सार्वजनिक जग्गामा सामुदायिक खेती गरिएको छ । २०३१ सालमा भएको नापीमा व्यक्तिगत जग्गा नापी हुन छुटेको धेरै स्थानीयको गुनासोसमेत छ ।
जिल्लाका केही सरोकारवालाले जग्गा अतिक्रण तथा किनबेच भइरहेको भन्ने जानकारी गराएपछि जिल्ला प्रशासनले यस्तो कदम चालेको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिए । उनले सार्वजनिक सरकारी जग्गा अतिक्रमण हुनबाट बचाउने सरकारकाृ दायित्व भएको उल्लेख गरे । जिल्ला सडक सञ्जालमा जोडिएपछि कालिगण्डकी करिडोर सडक आसपासका जग्गा अतिक्रमण भएका छन् ।
गाउँका मुखिया तथा विभिन्न व्यक्तिले सडक छेउछाउका जग्गा प्लटिङ गरी बिक्रीसमेत गरेको प्रशासनमा उजुरी परेको छ । सरोकारवालाले जग्गा अतिक्रमण तथा वातावरणीय सन्तुलन जोगाउन जग्गा अतिक्रमण रोकिनुपर्ने सुझाएका छन् । उनीहरुले सार्वजनिक जग्गा अतिक्रमणबारे छानबिन गरी दोषीलाई कारवाही गर्नसमेत माग गरेका छन् ।









इस्वी संवत् २०२६ सुरु : पर्यटकीय क्षेत्रमा उल्लास
‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया