मुस्ताङमा मलेसियन पर्यटकको मृत्यु

समाधान संवाददाता २०७६ फागुन १३ गते १४:०२

समाधान संवाददाता
जोमसोम

मुस्ताङमा आइतबार एक मलेसियनको लेक लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक विनोद पौडेलका अनुसार पासपोर्ट नम्बर ४०८२९०२६ भएका ६२ वर्षीय राजा लिंम थेन्चाथम्दीको मुक्तिनाथ दर्शन गरी फर्किने क्रममा लेक लागेर मृत्यु भएको हो ।

राजा श्रीमती र केही आफन्तसहित मुक्तिनाथ दर्शन गर्न आइतबार जोमसोम आइपुगेका थिए । जोमसोमबाट मुक्तिनाथ पुगेर फर्किने क्रममा बिहान करिब १० बजे वारागुङ मुक्तिक्षेत्र १ को मुक्तिक्षेत्र हेलिप्याड नजिक अचानक बेहोस भई उनी ढलेका थिए ।

Advertisement

उनलाई तत्काल उपचारका लागि जोमसोम अस्पताल लगिएको थियो । त्यहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए । राजाको शव पोस्टमार्टमका लागि काठमाडौंको टिचिङ हस्पिटल लगिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया