मुस्ताङमा मलेसियन पर्यटकको मृत्यु
समाधान संवाददाता
२०७६ फागुन १३ गते १४:०२

समाधान संवाददाता
जोमसोम
मुस्ताङमा आइतबार एक मलेसियनको लेक लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक विनोद पौडेलका अनुसार पासपोर्ट नम्बर ४०८२९०२६ भएका ६२ वर्षीय राजा लिंम थेन्चाथम्दीको मुक्तिनाथ दर्शन गरी फर्किने क्रममा लेक लागेर मृत्यु भएको हो ।
राजा श्रीमती र केही आफन्तसहित मुक्तिनाथ दर्शन गर्न आइतबार जोमसोम आइपुगेका थिए । जोमसोमबाट मुक्तिनाथ पुगेर फर्किने क्रममा बिहान करिब १० बजे वारागुङ मुक्तिक्षेत्र १ को मुक्तिक्षेत्र हेलिप्याड नजिक अचानक बेहोस भई उनी ढलेका थिए ।
उनलाई तत्काल उपचारका लागि जोमसोम अस्पताल लगिएको थियो । त्यहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए । राजाको शव पोस्टमार्टमका लागि काठमाडौंको टिचिङ हस्पिटल लगिएको छ ।
सम्बन्धित









फेवा किनारमा १३ गतेबाट महोत्सव
महत्वाकांक्षी योजना, फितलो कार्यान्वयन
सम्पादकीय—मुस्ताङी स्याउः घटेको उत्पादन, बढेको दाम
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस र विश्व माटो दिवस एकसाथ मनाइँदै
पोखरा सहकारीको ८८ करोड हिनामिना : अध्यक्ष गोदारसहित ८ जना पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया