असिना पिडीतलाई राहत वितरण

अर्जुन काफ्ले, स्याङ्जा
पुतली बजार नगरपालिकाले असिना पिडित कोल्माबासीलाई नगद सहित राहत सामाग्री प्रदान गरेको छ ।
गत वर्ष जेठको अन्तिम साता परेको असिनापानीले कोल्माका १८ घरधुरी सहित धेरैका अन्नवालीमा क्षति पुर्याएको थियो ।
पुतलीबजार नगरपालिका ९ कोल्माका १८ घरधुरीलाई पुतलीबजार नगरप्रमुख सीमा क्षेत्री, प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ र नेपाल रेडक्रस सोसाइटी स्याङजा शाखा प्रमुख दिनेश अर्यालले कोल्मामा पुगेर राहत सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
पुतलीबजार नगरपालिकाका प्रमुख क्षेत्रीले १२ वण्डल टिन, विपद ब्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका प्रजिअ कुरुम्वाङले प्रति परिवार ५÷५ हजार नगद सहित रेडक्रसका मन्त्री अर्यालले प्रति परिवार एक÷एक थान त्रिपाल प्रदान गर्नुभएको छ ।
यसअघि पुतलीबजार नगरपालिकाका ५० हजार मुल्य बराबरको मकैको वीउ प्रदान गरेको थियो ।
असिनापानीले क्षति पुर्याएको गुनासो आएपछि वडा अध्यक्षको जनप्रतिनिधीको टोलीले घरघरै पुगेर निरीक्षण गरी आवश्यकता अनुरुपको टिनका पाता उपलब्ध गराइएको नगर प्रमुख क्षेत्रीले जानकारी दिनुभयो ।
असिनाले टिनका जस्तापाता प्वाल पार्नुका साथै खेतीमा ठुलो क्षति पारेको थियो । अव पनि घर मर्मतका बेला विपद पर्न सक्ने भन्दै एक÷एक थान त्रिपाल रेडक्रसले उपलब्ध गराएको हो ।
राहत बितरण कार्यक्रममा पुतलीबजार नगरप्रमुख क्षत्रीले उपलब्ध सामाग्री राहत स्वरुप उपलब्ध गराइएको जनाउदै सहि सदुपयोग गर्न आग्रह गर्नुभयो ।









धवलागिरी अस्पताल : तीन पटक म्याद थप्दा आधा काम
दलको प्याट्रोनिङ राज्यले गरोस् !
जंगल फाँडेर सुन्तलाखेती विस्तार
महिलालाई आयआर्जनमा लगाउन पञ्चैबाजा प्रशिक्षण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया