असिना पिडीतलाई राहत वितरण

अर्जुन काफ्ले, स्याङ्जा
पुतली बजार नगरपालिकाले असिना पिडित कोल्माबासीलाई नगद सहित राहत सामाग्री प्रदान गरेको छ ।
गत वर्ष जेठको अन्तिम साता परेको असिनापानीले कोल्माका १८ घरधुरी सहित धेरैका अन्नवालीमा क्षति पुर्याएको थियो ।
पुतलीबजार नगरपालिका ९ कोल्माका १८ घरधुरीलाई पुतलीबजार नगरप्रमुख सीमा क्षेत्री, प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ र नेपाल रेडक्रस सोसाइटी स्याङजा शाखा प्रमुख दिनेश अर्यालले कोल्मामा पुगेर राहत सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
पुतलीबजार नगरपालिकाका प्रमुख क्षेत्रीले १२ वण्डल टिन, विपद ब्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका प्रजिअ कुरुम्वाङले प्रति परिवार ५÷५ हजार नगद सहित रेडक्रसका मन्त्री अर्यालले प्रति परिवार एक÷एक थान त्रिपाल प्रदान गर्नुभएको छ ।
यसअघि पुतलीबजार नगरपालिकाका ५० हजार मुल्य बराबरको मकैको वीउ प्रदान गरेको थियो ।
असिनापानीले क्षति पुर्याएको गुनासो आएपछि वडा अध्यक्षको जनप्रतिनिधीको टोलीले घरघरै पुगेर निरीक्षण गरी आवश्यकता अनुरुपको टिनका पाता उपलब्ध गराइएको नगर प्रमुख क्षेत्रीले जानकारी दिनुभयो ।
असिनाले टिनका जस्तापाता प्वाल पार्नुका साथै खेतीमा ठुलो क्षति पारेको थियो । अव पनि घर मर्मतका बेला विपद पर्न सक्ने भन्दै एक÷एक थान त्रिपाल रेडक्रसले उपलब्ध गराएको हो ।
राहत बितरण कार्यक्रममा पुतलीबजार नगरप्रमुख क्षत्रीले उपलब्ध सामाग्री राहत स्वरुप उपलब्ध गराइएको जनाउदै सहि सदुपयोग गर्न आग्रह गर्नुभयो ।







महाविरलाई सघाउने चर्चाबिच रास्वपाले म्याग्दीमा फिर्ता लिएन उम्मेदवारी
स्याङ्जामा भिरबाट लडेर २८ वर्षीय युवकको मृत्यु
पोखरा भिलेज रिसोर्टद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
स्याङ्जामा अवैध बालुवा–गिट्टी ओसार्ने ट्याक्टर प्रहरीको नियन्त्रणमा
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
तपाईको प्रतिक्रिया