कोरियामा रहेका अमेरिकी सैनिकमा पनि देखियो कोभिड-१९

समाधान संवाददाता २०७६ फागुन १४ गते ११:४८

एजेन्सी

दक्षिण कोरियास्थित क्यारोल क्याम्पमा रहेका एक अमेरिकी सेनामा कोभिड-१९ को संक्रमण देखिएको छ। बुधबार २३ वर्षका ती सैनिकलाई जाँचपछि कोरोनाभाइरस रहेको पुष्टि भएको हो। 

संक्रमित सैनिकलाई अहिले ‘सेल्फ क्वारेन्टाइन’ मा राखिएको छ।

Advertisement

२८ हजार अमेरिकी सेना रहेको क्यारोल क्याम्प कोभिड-१९ को संक्रमण बढी रहेको थेगु शहरबाट ३० किलोमिटर उत्तरमा छ।

क्याम्पमा रहेका सैनिकमा कोभिड-१९ संक्रमण देखिएपछि अहिले बाँकी सैनिकलाई पनि जाँच गरिएको छ। त्यसको नतिजा भने बाहिर आएको छैन।

Advertisement

बुधबारसम्म दक्षिण कोरियामा कोभिड-१९का कारण ११ जनाको मृत्यु भएको छ भने ११ सय मानिस संक्रमित छन्।

चीनको वुहानबाट फैलिएको कोभिड-१९ अहिले यूरोप, मध्यपूर्व र एसियामा फैलिएको छ।

चीनमा मात्र कोभिड-१९ बाट २७ सयको मृत्यु भइसकेको छ भने ७८ हजार मानिस संक्रमित छन्।


तपाईको प्रतिक्रिया