हेम्जामा ब्यायम शाला

समाधान संवाददाता, पाेखरा
पोखरा २५ हेमजामा खुला ब्यायम शाला निर्माण भएको छ । बुधबार उद्घाटन गरिएको ब्यायम शाला जैसीचौर खेल मैदानमा बनेको हो । ब्यायम शाला उद्घाटन गर्दै पोखरा महानगरका मेयर मानबहादुर जिसीले जनस्तरबाट राम्रो काम सुरु भएको बताए । उनले थप व्यवस्थित बनाउन महानगरले सहयोग गर्ने वचनसमेत दिए ।
दिब्यदृष्टि क्लब हेमजाको अगुवाइमा विकासको कामले गति लिएको जिसीले बताए । उनले क्लबले गरेको काम प्रति खुसी ब्यक्त गरे । कार्यक्रममा पोखरा २५ का अध्यक्ष शोभाकर तिमिल्सिनाले छोटो समयमा क्लबले काम पूरा गरेकामा धन्यवाद दिए । उनले जनसहभागितामा हुने विकासले मारेको फड्को विश्वमै उच्च भएको बताए ।
ब्यायम शाला निर्माणमा सहयोग गरेकामा हेमजा वयलफेर सोसाइटी युएसएका उपाध्यक्ष गंगाबहादुर थापालाई सम्मान गरिएको थियो । दिब्यदृष्टि क्लब हेमजाका अध्यक्ष मनोज कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा स्वगत सल्लाहकार मिनबहादुर थापाले र सञ्चलन सचिव विकल थापाले गरेका थिए ।









जंगल फाँडेर सुन्तलाखेती विस्तार
महिलालाई आयआर्जनमा लगाउन पञ्चैबाजा प्रशिक्षण
मुस्ताङ आउने विदेशी पर्यटकको संख्या १८ प्रतिशतले वृद्धि
महिला उम्मेदवारी सुनिश्चित गर्न दलको भूमिकामाथि छलफल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया