चौंरीपालक किसान घटे

समाधान संवाददाता २०७६ फागुन १५ गते १२:४५

मोहसिन अली मियाँ
गोरखा

पछिल्लो समय उत्तरी क्षेत्रमा चौरी र याक पाल्ने किसान घटेका छन् । केही वर्षअघिसम्म सबैजसो घरमा चौरी पाल्ने गरिएको भए पनि पछिल्लो समय पातलिँदै गएकोे छ । ‘पहिला त एउटै घरमा ५०÷६० वटासम्म चौरी, याक पालिन्थ्यो, अहिले धेरै घटेको छ,’ चुमनुब्री गाउँपालिका ७ का अध्यक्ष पासाङ फुञ्जो लामाले भने, ‘कुनै कुनै घरमा मात्रै चौरी देखिन्छन् आजकल ।’

हिमाली क्षेत्रमा त्यहाँको संस्कृतिसँग समेत जोडिएकाले चौरी महत्वपूर्ण मानिन्छ । तर पछिल्लो समय अधिकांश युवा विदेश वा सहर केन्द्रित हँुदा गाउँमा चौरी लोप हुने अवस्थामा पुगेको हो । ‘अहिले गाउँमा बस्ने मान्छे नै घटेका छन्, प्राय घरमा बूढाबूढीमात्रै छन्, युवा कोही विदेश, कोही पढ्न, कोही लाहुरे’ वडाध्यक्ष लामाले भने, ‘उनीहरुका परिवार पनि प्राय सहरमै बस्ने भन्छन्, अनि कसले पाल्ने गाउँमा चौरी, धेरै घटेका छन् अहिले त ।’

Advertisement

चौरीलाई मुख्यत हिमाली क्षेत्रमा दूध, घिउ उत्पादन, सामान ढुवानी, रौंबाट डोरी बनाउन पाल्ने गरिन्छ । चौरी घट्नुमा भूकम्पको असर पनि भएको स्थानीयको भनाइ छ । २०७२ सालको विनाशकारी भूकम्पमा पुरिएर उत्तरी क्षेत्रका धेरै चौरी र याक मरेका थिए तर त्यसपछि स्थानीयले यस पेसामा लगानी नगर्दा दिनप्रतिदिन घट्दै गएको कतियको तर्क छ । उत्तरी क्षेत्रको चुमनुब्री र धार्चे गाउँपालिकाका अधिकांश क्षेत्रमा चौरी पाल्ने गरिन्छ ।

Advertisement

तपाईको प्रतिक्रिया