डिसहोमले ल्यायो भोजपुरी च्यानल

समाधान संवाददाता २०७६ फागुन १५ गते १३:०७

समाधान संवाददाता, पोखरा

डिसहोमले भोजपुरी च्यानल सञ्चालनमा ल्याएको छ । लामो समयदेखि नेपाली दर्शकको मनोरञ्जनको चाहनालाई ध्यानमा राखेर डिसहोमले आफ्नै विभिन्न एक्सक्लुसिभ च्यानल सञ्चालन गर्दै आएको छ ।

डिसहोमले विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु प्रसारण हुने रमाइलो टिभी, नेपालकै पहिलो खेलकुद च्यानल एक्सन स्पोर्टस्, बालबालिकाहरुका लागि राइम्स र जुनिएर टिभी, घरमा नै बसेर नयाँनयाँ नेपाली फिल्म हेर्न सकिने सिनेमा घर, नेपाली चलचित्रमात्र प्रसारण हुने प्लस मुभीजस्ता विभिन्न च्यानल सञ्चालन गरिरहेको छ । च्यानल थप्दै जाने क्रममा भोजपुरी भाषाको मनोरञ्जनात्मक ‘भोजपुरी म्याजिक’ नामक च्यानल पनि सुरु गरेको हो ।

Advertisement

‘भोजपुरी चलचित्र र गीत प्रसारण हुने च्यानलले नेपाली दर्शकलाई भिन्न मनोरञ्जन दिनेछ,’ कम्पनीले भनेको छ । भोजपुरी भाषाको गीत गाउने कलाकारले उपलब्ध गराएका गीतसमेत यस च्यानलमा प्रसारण गरिने छ । क्षेत्रीय भाषाको गीत गाउने स्थानीय कलाकारको प्रतिभालाई नेपालभर पुर्‍याउन सहयोग पुग्ने विश्वास डिसहोमले लिएको छ । आगामी दिनमा पनि विभिन्न च्यानल थप गर्दै लाने उद्देश्य कम्पनीले लिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया