सीपी मैनाली चढेको कार भ्यानसँग ठोक्कियो, पाँच घाइते

समाधान संवाददाता २०७६ फागुन १५ गते १४:५९

समाधान संवाददाता, काठमाडाैं

कार दुर्घटनामा परेर पूर्वउपप्रधानमन्त्री तथा नेकपा मालेका महासचिव सीपी मैनाली घाइते भएका छन्।

महोत्तरीको बर्दिवासस्थित रातु पुलमा मैनाली सवार बा४च २१२० नम्बरको कारलाई ना४ख ७६६८ नम्बरको पिकअप भ्यानले बिहीबार दिउँसो ठक्कर दिएको हो।

Advertisement

मैनालीसहित पाँच जना घाइतेको जनसेवा अस्पताल बर्दिवासमा प्राथमिक उपचार भएको थियो।

प्रहरी नायब उपरीक्षक राजकुमार चापागाईंले मैनालीसहित घाइतेको जनसेवा अस्पतालमा उपचार गरेर थप उपचारका लागि काठमाडौं रिफर गरेको जानकारी दिए।

Advertisement

मैनालीको टाउको र खुट्टामा चोट लागेको छ।


तपाईको प्रतिक्रिया