लामाचाैरमा महिलालाई हुने क्यान्सर निशुल्क परीक्षण
समाधान संवाददाता
२०७६ फागुन १८ गते १२:४६

समाधान संवाददाता, पोखरा
पोखराको लामाचौरमा निशुल्क स्तन तथा पाठेघरको मुख क्यान्सर परीक्षण भएको छ । शिविरमा १ सय २५ जना महिला लाभान्वित भएका छन् । पोखरा महानगर स्वास्थ्य महाशाखाले लामाचौर स्वास्थ्यचौकीमा शुक्रबार आयोजना गरेको महिलाको स्तन तथा पाठेघरको मुख क्यान्सर परीक्षणमा उनीहरु लाभान्वित भएका हुन् ।
निशुल्क स्वास्थ्य परीक्षणसँगै स्तन क्यान्सर र पाठेघरको मुख क्यान्सर परीक्षणसँगै सचेतना कार्यक्रमसमेत गरिएको महाशाखाले जनाएको छ । स्वास्थ्य परीक्षण शिविरमा पोखराका मेयर तथा पोखरा महानगरपालिकाका स्वास्थ्य संरक्षक मानबहादुर जिसी, पोखरा १९ का अध्यक्ष शोभामोहन पौडेल लगायतले अनुगमन गरेका थिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया