लामाचाैरमा महिलालाई हुने क्यान्सर निशुल्क परीक्षण
समाधान संवाददाता
२०७६ फागुन १८ गते १२:४६

समाधान संवाददाता, पोखरा
पोखराको लामाचौरमा निशुल्क स्तन तथा पाठेघरको मुख क्यान्सर परीक्षण भएको छ । शिविरमा १ सय २५ जना महिला लाभान्वित भएका छन् । पोखरा महानगर स्वास्थ्य महाशाखाले लामाचौर स्वास्थ्यचौकीमा शुक्रबार आयोजना गरेको महिलाको स्तन तथा पाठेघरको मुख क्यान्सर परीक्षणमा उनीहरु लाभान्वित भएका हुन् ।
निशुल्क स्वास्थ्य परीक्षणसँगै स्तन क्यान्सर र पाठेघरको मुख क्यान्सर परीक्षणसँगै सचेतना कार्यक्रमसमेत गरिएको महाशाखाले जनाएको छ । स्वास्थ्य परीक्षण शिविरमा पोखराका मेयर तथा पोखरा महानगरपालिकाका स्वास्थ्य संरक्षक मानबहादुर जिसी, पोखरा १९ का अध्यक्ष शोभामोहन पौडेल लगायतले अनुगमन गरेका थिए ।
सम्बन्धित







पुष्प सदन एकेडेमीको अभिभावक दिवस
प्रगति माध्यमिक विद्यालयको खेल उत्सव सुरु
उत्पादनमा लगानी गर्दै अर्घौं कृषि सहकारी
नेका धादिङ पोखरा समितिको रक्तदानमा ४६ पिन्ट रगत संकलन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया