भूकम्प लाभग्राही सूचीमा परेका घर बन्यो, किस्ता आएन

समाधान संवाददाता २०७६ फागुन १८ गते १३:०२

समाधान संवाददाता
स्याङ्जा

अर्जुन चौपारी गाउँपालिका ६ की गोपीमाया नेपालीले भूकम्प लाभग्राही सूचिमा परेर घर बनाइन् । ऋण खोजेर घर बनाए पनि ऋण अझै बाँकी छ । तर किस्तावापतको रकम उनले पाएकी छैनन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारले आयोजना गरेको वातावरण तथा सामाजिक व्यवस्थापन ढाँचाका बारेमा छलफल एवं सुझाव संकलन कार्यक्रममा कालीगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले पुनर्निर्माणले हचुवाका भरमा सडक निर्माण गर्दा स्थानीय वातावरण र विद्यालय जोखिममा परेको बताए । सम्भावित नकारात्मक वातावरणीय र सामाजिक असर न्यूनीकरण गर्दै सकारात्मक कुरालाई प्रोत्साहन र प्रबद्र्धन गर्ने उद्देश्यले कायर्कक्रम गरिएको हो ।

Advertisement

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख सीता सुन्दासले दूरगामी असर नपर्ने गरी तोकिएको समयमा भूकम्पले भत्काएका घर निर्माण गर्नुपर्ने बताइन् । उनले यसमा सरकार र सरोकारवाला निकाय जिम्मेवार हुनुपर्नेमा जोड दिइन् ।

छलफलमा गल्याङ नगर प्रमुख भूपराज अधिकारी, निमित्त प्रमुख जिल्ला अधिकारी धु्रव गिरी, पत्रकार महासंघ अध्यक्ष ओमप्रकाश शर्मा लगायतले भूकम्पले भत्काएका घर निर्माण हुन नसक्नु, भूकम्प पीडितका घर सम्पन्न भैसक्दा पनि किस्ता अझै नपाउनु, समायवधि सकिन लाग्दा पनि पुनर्निर्माण कार्य अझै पुरा हुन नसक्नु जस्ता समस्या आएको बताएका छन् । उनीहरुले सडक निर्माण भएपछि नजिकै रहेका विद्यालय र भवनमा क्षति पुगेकोमा चासो व्यक्त गरे । जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार स्याङ्जाका प्र्रमुख प्रवीण ढकाल र सामाजिक विज्ञ चन्द्रकान्त लौडारी वातावरण तथा सामाजिक व्यवस्थापन ढाचाबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया