अमेरिकामा पनि कोरोनाका कारण एकको मृत्यु

एजेन्सी
अमेरिकाले कोरोनाभाइरसका कारण आफ्नो मुलुकमा एक व्यक्तिको निधन भएको पुष्टि गरेको छ।
अमेरिकी अधिकारीहरूले कोरोनाभाइरसका कारण विविध किसिमको स्वास्थ्य समस्या रहेका एक ५० वर्षिय पुरुषको वासिङ्टनस्थित उत्तर-पश्चिम राज्यमा उपचारका क्रममा मृत्यु भएको बताएका छन्।
चीनको हुबेई प्रान्तको वुहानबाट महामारी सुरू भएयता अमेरिकामा कोरोनाभाइरसका कारण मृत्यु भएको यो पहिलो घटना हो।
सो घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थुप्रै अन्य मामिलाको सम्भावना भएको भएपनि अमेरिका कुनै पनि परिस्थितिका लागि तयार भइसकेको बताए।
उनले आफ्ना नागरिकहरूलाई नआत्तिन भनेका छन्।
अमेरिकी अधिकारीहरूले कोरोनाभाइरसको प्रकोपमा रहेका दक्षिण कोरिया, इरान र इटालीका भूभागहरूमा भ्रमण नगर्न भनेको छ।
अमेरिकाका स्वास्थ्य अधिकारीहरूले मृत्यु भएका व्यक्तिले संक्रमणको जोखिम रहेका कुनै पनि क्षेत्रमा भ्रमण नगरेको बताए।
हालसम्म संसारका ५७ देशमा कोरोनाभाइरसबाट ८५ हजार मानिसहरू संक्रमित भएका छन् भने यसबाट करिब ३ हजार जनाले आफ्नो ज्यान गुमाइसकेका छन्। यसमा अधिकांश मृतक र संक्रमित चीनबाट रहेका छन्।
पछिल्ला दिनमा यसको प्रभाव दक्षिण कोरिया, इटाली र रानमा धेरै देखिएको छ भने अन्य मुलुकमा पनि मामिलाहरू सार्वजनिक भइसकेका छन्।









फागुन २१ को चुनाव सर्दैन, सफल पार्ने उपाय खोजौँ : प्रधानमन्त्री कार्की
दलहरूलाई आयोगको २० बुँदे निर्देशन : प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार अनिवार्य
नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम
चर्को आवाज निकाल्ने बाइक चालक पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
तपाईको प्रतिक्रिया