अमेरिकामा पनि कोरोनाका कारण एकको मृत्यु

समाधान संवाददाता २०७६ फागुन १८ गते १४:०१

एजेन्सी

अमेरिकाले कोरोनाभाइरसका कारण आफ्नो मुलुकमा एक व्यक्तिको निधन भएको पुष्टि गरेको छ।

अमेरिकी अधिकारीहरूले कोरोनाभाइरसका कारण विविध किसिमको स्वास्थ्य समस्या रहेका एक ५० वर्षिय पुरुषको वासिङ्टनस्थित उत्तर-पश्चिम राज्यमा उपचारका क्रममा मृत्यु भएको बताएका छन्।

Advertisement

चीनको हुबेई प्रान्तको वुहानबाट महामारी सुरू भएयता अमेरिकामा कोरोनाभाइरसका कारण मृत्यु भएको यो पहिलो घटना हो।

सो घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थुप्रै अन्य मामिलाको सम्भावना भएको भएपनि अमेरिका कुनै पनि परिस्थितिका लागि तयार भइसकेको बताए।

Advertisement

उनले आफ्ना नागरिकहरूलाई नआत्तिन भनेका छन्।

अमेरिकी अधिकारीहरूले कोरोनाभाइरसको प्रकोपमा रहेका दक्षिण कोरिया, इरान र इटालीका भूभागहरूमा भ्रमण नगर्न भनेको छ।

अमेरिकाका स्वास्थ्य अधिकारीहरूले मृत्यु भएका व्यक्तिले संक्रमणको जोखिम रहेका कुनै पनि क्षेत्रमा भ्रमण नगरेको बताए।

हालसम्म संसारका ५७ देशमा कोरोनाभाइरसबाट ८५ हजार मानिसहरू संक्रमित भएका छन् भने यसबाट करिब ३ हजार जनाले आफ्नो ज्यान गुमाइसकेका छन्। यसमा अधिकांश मृतक र संक्रमित चीनबाट रहेका छन्।

पछिल्ला दिनमा यसको प्रभाव दक्षिण कोरिया, इटाली र रानमा धेरै देखिएको छ भने अन्य मुलुकमा पनि मामिलाहरू सार्वजनिक भइसकेका छन्।

तपाईको प्रतिक्रिया