प्रधानमन्त्री सोमबार साँझमात्र अस्पताल भर्ना हुने
समाधान संवाददाता
२०७६ फागुन १९ गते १२:१४

समाधान संवाददाता, काठमाडाैं
प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न सोमबार साँझ अस्पताल भर्ना हुने भएका छन्।
बुधबार मिर्गौला प्रत्यारोपण गर्न लागेका प्रधानमन्त्रीले अस्पताल जानुअघि व्यस्तता बढाएका छन्।
आइतबार बिहान नेकपा सचिवालय बैठकमा सहभागी भएका प्रधानमन्त्री ओलीले दिउँसो पनि राजनीतिक भेटघाट जारी राखे।
साँझ बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठक पनि रातिसम्म लम्बिएको थियो।
सोमबार बिहान पनि प्रधानमन्त्री बैठकमा व्यस्त भएका छन्। अहिले प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय योजना आयोगको पूर्ण बैठक बसिरहेको छ।
यसअघि प्रधानमन्त्री ओलीले आफू मिर्गौला प्रत्यारोपणका लागि पाँच दिनमात्र अस्पताल बस्ने बताएका थिए। तर चिकित्सकहरूले प्रधानमन्त्री ओलीले कम्तीमा एक साता अस्पतालमा बस्नु पर्ने बताएका छन्।
सम्बन्धित







पोखरामा भदौ २४ को तोडफोडमा संलग्न २ जना पक्राउ
जेन्जी आन्दोलनमा गण्डकीमा ३ जनाको ज्यान गयो, ५ अर्बको क्षति
हाम्रो गौरव सहकारी १९ वर्षमा
उन्नत जातका धानखेतीतर्फ आकर्षण
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया