डाक्टरको पुन प्रवेश परीक्षा २५ गते हुने

समाधान संवाददाता, पोखरा
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमडी÷एमएस (स्नातकोत्तर) को प्रवेश परीक्षाको नयाँ मिति सार्वजनिक गरेको छ । प्रतिष्ठानले आइतबार सूचना प्रकाशन गरेर फागुन १० गते रद्द भएको परीक्षा फागुन २५ गते आइतबार हुने जानकारी दिएको हो ।
परीक्षा दिउँसो २ बजेदेखि ४ बजेसम्म हुनेछ । परीक्षाका लागि पोखरा–११ फुलबारीको सैनिक आवसिय महाविद्यालयलाई केन्द्र तोकिएको छ । गत फागुन १० गते लिइएको प्रवेश परीक्षा प्रश्नपत्र बाहिरएको भन्दै डाक्टरहरुले बहिष्कार गरेका थिए ।
सोही दिन राति अबेरसम्म बसेको परीक्षा समितिको बैठकले परीक्षा रद्द गर्ने निर्णय गरेको थियो । फागुन ११ गते परीक्षा समितिले सूचना निकालेर परीक्षा रद्द भएको जानकारी दिएपनि कारण भने खुलाएको थिएन । गलत सूचना प्रवाह हुने भन्दै प्रतिष्ठानले परीक्षा रद्द गरेर ‘सेफ ल्याण्डिङ’ गरेको डाक्टरहरु बताउँछन् ।
फागुन १० गते भएको के थियो ?
एमडी÷एमएसको पढाइ सञ्चालन अनुमति पाएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गएको पुष ०७ गते भर्नाका लागि एक महिने सूचना निकाल्यो । लोकसेवातर्फ ९ र खुल्लातर्फ ८ गरी १७ सिटका लागि १५ सय बढी डाक्टरहरुले आवेदन दिएका थिए । परिक्षार्थीले ४१ सय रुपैयाँ तिरेर आवेदन फारम भरेका थिए ।
फागुन १० गते शनिबार प्रवेश परीक्षा हुने भनेर प्रतिष्ठानले परीक्षार्थीलाई २ बजे परीक्षा केन्द्र बोलाएको थियो । प्रवेश परीक्षाका लागि अमरसिंह नमुना माविलाई केन्द्र तोकिएको थियो । २ बजे सबै परीक्षार्थी कक्षाकोठामा पुगेपनि निर्धारित समयमा परीक्षा सुरु भएन ।
परीक्षा दिन पुगेका डाक्टरहरूले सोधखोज गर्दा परीक्षा केन्द्रमा प्रश्नपत्र नै आइनपुगेको जवाफ पाए । एक घण्टा ढिलो गरेर परीक्षा सुरु भयो । ५ सय डाक्टरले बहिष्कार गरेपनि ३ बजेबाट परीक्षा शुरू भएकोमा ५ बजे सकिएको थियो । शनिबार साँझ ५ बजे परीक्षा सकिएपछि डाक्टरहरू परीक्षा केन्द्रमा छलफल गर्न पुगेका थिए । तर, समितिका पदाधिकारीले बेवास्ता गरे । ५ सय डाक्टरले बहिष्कार गरेपनि एक हजार डाक्टरले परीक्षा दिएका थिए ।









गगन थापा र विश्वप्रकाश शर्मालाई पार्टीबाट ५ वर्षका लागि निष्काशन
ऐतिहासिक ढुंगेसाँघु–माघेसङ्क्रान्ति मेलाको सांस्कृतिक विरासत
राजावादी आन्दोलनमा आउन भन्दै एसएमएस पठाउने निर्देश सेढाईं पक्राउ
कांग्रेस विशेष महाधिवेशन : सभापतिमा थापाको उम्मेदवारी, महामन्त्रीमा शर्मा र पौडेल
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया