बिरुवामा २६ गतेबाट महोत्सव

समाधान संवाददाता
पोखरा
स्याङ्जाको बिरुवा गाउँपालिका १ बिरुवा बजारमा १४ औं बिरुवा बजार महोत्सव हुने भएको छ । बालकन्या युवा क्लब, समाज कल्याण आमा समूह, बिरुवा बजार व्यवस्थापन समिति र बिरुवा उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव हुने भएको हो ।
फागु पूर्णिमाको अवसरमा हुने महोत्सव जिल्लाकै पुरानो मेलाका रुपमा परिचित छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, विकास अनुशासन गतिशीलता, हामी बिरुवावासी युवाको प्रतिबद्धता’ भन्ने नाराका साथ हुने महोत्सव फागुन २६ देखि ३० गतेसम्म चल्नेछ । महोत्सवमा चर्चित कलाकारको प्रस्तुति, स्थानीय सांस्कृतिक प्रस्तुति, पुरुष भलिबल प्रतियोगिता, नृत्य प्रतियोगिता, रत्यौली प्रतियोगिता, छेलो हान्ने प्रतियोगिता, रस्साकस्सी प्रतियोगिता लगायतका कार्यक्रम हुने संयोजक अब्बु मियाँले जानकारी दिए ।
महोत्सवमा हुने भलिबल प्रतियोगितातर्फ प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमश ५५ हजार ५ सय ५५, ३३ हजार ३ सय ३३ र २२ हजार २ सय २२ सहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । स्थानीय कला संस्कृतिको संरक्षण र पर्यटन प्रवद्र्धनका लागि आयोजित महोत्सवलाई सघाउन क्लबका अध्यक्ष बीरवल खड्काले आग्रह गरेका छन् ।







जेन्जी आन्दोलनमा गण्डकीमा ३ जनाको ज्यान गयो, ५ अर्बको क्षति
हाम्रो गौरव सहकारी १९ वर्षमा
उन्नत जातका धानखेतीतर्फ आकर्षण
‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया