ईन्द्रप्रसाद तिवारी पोविवि उपकुलपति

समाधान संवाददाता २०७६ फागुन २० गते १२:४६

समाधान संवाददाता, पोखरा

पोखरा विश्वविद्यालयको उपकुलपतिमा सोमबार प्राडा ईन्द्रप्रसाद तिवारी नियुक्त भएका छन् । उनले वरिष्ठतम् प्राध्यापकमध्येबाट जिम्मेवारी पाएका हुन् । यसअघि उनी पोविविकै मानविकी तथा समाजशास्त संकायका डिन थिए ।

असोज पहिलो साता उपकुलपति चिरञ्जीवी शर्माले अवकाश पाएका थिए । त्यसपछि ३ महिनाका लागि नियुक्त भएका निमित्त उपकुलपति बुद्धिराज जोशीको अवधि पनि १ महिनाअघि नै सकिएको थियो । पोविविका कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दिएको निर्देशन बमोजिम तिवारीलाई उपकुलपति नियुक्त गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव रामशरण सापकोटाले जनाए ।

Advertisement

तपाईको प्रतिक्रिया