दशनामी युवाद्धारा वात्स्यायन वृद्धाश्रममा स्वास्थ्य शिविर

पोखरा
नेपाल दशनामी युवा समिति कास्कीले पोखरा वात्स्यायन वृद्धाश्रममा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । आज (मंगलबार) पोखरा १४ बाच्छीबुडुवास्थित बृद्धाश्रममा आश्रीत बृद्धबृद्धाहरुको स्वास्थ्य परिक्षण गरिएको हो ।
सो अवसरमा बोल्दै दशनामी युवा समितिका केन्द्रिय बरिष्ठ उपाध्यक्ष अर्जुन गिरीले समाजसँग प्रत्यक्ष जोडिने गरि यस प्रकारका थप कार्यक्रमहरुमा जुट्न युवालाई सुझाए । पछिल्लो पुस्ताका युवावर्गहरु समाजप्रतिको उत्तरदायित्वमा कम सहभागि हुने गरेको चित्रित गर्दै उपाध्यक्ष गिरीले संघसंस्थाहरु मार्फत अघि बढाउनु पर्ने बताए ।
बृद्धाश्रमका अध्यक्ष बोधराज कार्कीले आयोजकलाई धन्यवाद दिए । बृद्धाश्रममा आश्रीतहरुलाई गक्ष अनुसार खानपान र वातावरणमा ध्यान दिइएको उनको भनाई थियो ।
युवा समितिकै सरस्वती पुरी र अञ्जली गिरीले शिविरमा सहजीकरण गरेका थिए ।
युवा समिति कास्कीका अध्यक्ष प्रेम गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष राजु गिरीको स्वागत र संचालन सचिव आशिष पुरीले गरेका थिए ।







जेन्जी आन्दोलनमा गण्डकीमा ३ जनाको ज्यान गयो, ५ अर्बको क्षति
हाम्रो गौरव सहकारी १९ वर्षमा
उन्नत जातका धानखेतीतर्फ आकर्षण
‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया