रुघाखोकी लागे बुद्ध एयरको टिकट रद्द गर्न सकिने

समाधान संवाददाता २०७६ फागुन २० गते १५:३५

समाधान संवाददाता, काठमाडाैं

रुघाखोकी वा ज्वरो आए बुद्ध एयरको टिकट रद्द गर्न पाइने भएको छ ।

कोरोना भाइरसको मुख्य लक्षण नै रुघाखोकी र ज्वरो भएकोले यस्तो लक्षण देखिएमा फोनमार्फत् टिकट रद्द गरेर नियमानुसार भाडा फिर्ता लिन सकिने बताउँदै एयरलाइन्सले सूचना जारी गरेकाे छ ।

Advertisement

टिकट रद्द गर्नु परेमा ०१–५५४२४९४ मा सम्पर्क गर्न सकिने छ ।

त्यसैगरी एयरलाइन्सले रुघाखेकी वा ज्वरो आएका आफन्त विमानस्थलमा नगइदिन आग्रह समेत गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया