कोरोना संक्रमण देखिएका देशमा कामदार नपठाउने तयारी

समाधान संवाददाता २०७६ फागुन २० गते १५:४९

समाधान संवाददाता, काठमाडाैं

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरोना प्रभावित देशका लागि नेपाली कामदारलाई श्रम स्वीकृति नदिने तयारी गरेको छ।

नेपाली नागरिक वैदेशिक रोजगारमा जाने देशहरुमा कोरोनाको संक्रमण बढिरहेकोले यो बारे छलफल भइरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले जानकारी दिए।

Advertisement

कोरियामा कोरोनाको संक्रमण बढेपछि गत फागुन ११ गते इपिएसमार्फत जान लागेका ४० नेपाली कामदारको उडान स्थगित भएको थियो।

नेपाली कामदारहरु जाने गरेका राष्ट्रहरु कतार, कुवेत, साउदी अरब लगायत मुलुकहरू कोरोना प्रभावित मुलुक हुन्।

Advertisement

तपाईको प्रतिक्रिया