खतिवडा अर्थ र सञ्चार मन्त्री नियुक्त, चार बजे सपथ

समाधान संवाददाता २०७६ फागुन २१ गते १२:२४

समाधान संवाददाता, काठमाडाैं

मंगलबारमात्र अर्थमन्त्रीबाट राजीनामा दिएका खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री नियुक्त गरेका छन्।

नवनियुक्त मन्त्री खतिवडाले बुधबार अपरान्ह पद तथा गोपनियताको सपथ लिने छन्। दिउँसो चार बजे राष्ट्रपति कार्यालय शितल निवासमा उनको सपथ हुनेछ।

Advertisement

राष्ट्रियसभा सदस्यको दुईवर्षे कार्यकाल सकिएकै दिन मंगलवार खतिवडाले मन्त्रीबाट राजीनामा दिएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया