स्पोर्टस् अवार्डकाे तयारी सुरु

समाधान संवाददाता २०७६ फागुन २१ गते १३:३०

समाधान संवाददाता, पोखरा

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पाँचौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड तयारी सुरु गरेको छ । मञ्चको पोखरामा बसेको १६ औं बैठकले अवार्डका लागि अध्यक्ष एकराज गिरीको मूल संयोजकत्वमा १ सय १ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ ।

बैठकले अवार्ड कार्यक्रम सभ्य र भव्य बनाउन विभिन्न उपसमिति गठनबारे छलफलसमेत गरेको छ । बतास ब्रदर्सको मुख्य प्रायोजनमा हुने तिभिएस अपाचे पोखरा स्पोर्टस् अवार्डमा विगतमा झंै विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ । जस अनुसार लाइफ टाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष चर्चित खेलाडी, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट पत्रकारिता अवार्ड गरी ८ विधा छन् । विगतमा जिल्लास्तरको उक्त अवार्ड चौथो संस्करणदेखि गण्डकी प्रदेशस्तरीय हुँदै आएको छ ।

Advertisement

२०७६ सालभर गरेका गतिविधिलाई आधार मानेर ३ मनोनयन सूचि सार्वजनिक गरी अन्तिम दिन अवार्ड समारोहमा उत्कृष्टलाई अवार्ड प्रदान गरिनेछ । पोखरा सभागृहमा आगामी २०७७ वैशाख २१ मा विश्व प्रेस स्वन्त्रता दिवसका दिन उक्त अवार्ड वितरण हुनेछ ।

Advertisement

तपाईको प्रतिक्रिया