स्पोर्टस् अवार्डकाे तयारी सुरु

समाधान संवाददाता, पोखरा
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पाँचौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड तयारी सुरु गरेको छ । मञ्चको पोखरामा बसेको १६ औं बैठकले अवार्डका लागि अध्यक्ष एकराज गिरीको मूल संयोजकत्वमा १ सय १ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ ।
बैठकले अवार्ड कार्यक्रम सभ्य र भव्य बनाउन विभिन्न उपसमिति गठनबारे छलफलसमेत गरेको छ । बतास ब्रदर्सको मुख्य प्रायोजनमा हुने तिभिएस अपाचे पोखरा स्पोर्टस् अवार्डमा विगतमा झंै विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ । जस अनुसार लाइफ टाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष चर्चित खेलाडी, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट पत्रकारिता अवार्ड गरी ८ विधा छन् । विगतमा जिल्लास्तरको उक्त अवार्ड चौथो संस्करणदेखि गण्डकी प्रदेशस्तरीय हुँदै आएको छ ।
२०७६ सालभर गरेका गतिविधिलाई आधार मानेर ३ मनोनयन सूचि सार्वजनिक गरी अन्तिम दिन अवार्ड समारोहमा उत्कृष्टलाई अवार्ड प्रदान गरिनेछ । पोखरा सभागृहमा आगामी २०७७ वैशाख २१ मा विश्व प्रेस स्वन्त्रता दिवसका दिन उक्त अवार्ड वितरण हुनेछ ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया