गीतकार सुमनको एकल सांगीतिक साँझ फागुन ३० गते

समाधान संवाददाता २०७६ फागुन २१ गते १३:३५

समाधान संवाददाता
पोखरा

सप्तरंगी सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने सुमन श्रापित एकल सांगीतिक साँझ २०७६ तयारी तीव्र पारिएको छ । तयारीका लागि मूल आयोजक समितिको बैठक मंगलबार बसेको छ ।

बैठकले कार्यक्रम भव्य बनाउने निर्णय गरेको प्रतिष्ठान महासचिव एवं कार्यक्रम मूल आयोजक समिति महासचिव मनकुमार श्रेष्ठले बताए । पोखरा उद्योग वाणिज्य संघको सभाहलमा फागुन ३० गते दिउँसो २ बजे एकल साँझ हुँदै छ । आयोजक प्रतिष्ठानका संस्थापक नवराज बरालको अध्यक्षतामा बसेको बैठकमा हालसम्म भए गरेका प्रगति विवरणबारे छलफल भएको छ ।

Advertisement

बाग्लुङ नगरपालिका ९ तित्याङका सुमन हाल पोखरा १८ बस्छन् । लामो समयदेखि पोखरालाई कर्म भूमि बनाएका उनी साहित्य र संगीतमा क्रियाशील छन् । कलाकार उपचार कोषको सहयोगार्थ हुन लागेको कार्यक्रममा ८ लाख ८५ हजार रुपैयाँ खर्च लाग्ने अनुमान छ ।

प्रतिष्ठानले यसअघि हरिदेवी कोइराला, पद्यराज ढकाल, दुर्गाबहादुर शाह बाबा, खिम गुरुङ प्हाएआलीको एकल साँझ सम्पन्न गरिसकेको अध्यक्ष पद्यराज ढकालले बताए । प्रतिष्ठानबाट गीतकारको भने यो पहिलो एकल साँझ हो ।

Advertisement

तपाईको प्रतिक्रिया