जोमसोमका आगलागी पीडितलाई राहत वितरण

समाधान संवाददाता २०७६ फागुन २१ गते १३:३७

समाधान संवाददाता
जोमसोम

मुस्ताङको जोमसोममा गत आइतबार अचानक विद्युत सर्ट भई आगलागीका कारण आर्थिक धनजनको क्षति व्यहोरेका पीडित परिवारलाई बुधबार राहत वितरण गरिएको छ ।

घरपझोङ गाउँपालिका ४ जोमसोम, नेरेसो मुस्ताङ, जोमसोम गाउँ समाज र स्थानीय समाजसेवीको पहलमा संकलित कुल १ लाख ५ हजार ५ सय रुपैयाँ पीडित परिवारलाई बुझाइएको नेरेसो मुस्ताङका सभापति चन्द्रबहादुर थकालीले जानकारी दिए ।

Advertisement

जोमसोम गाउँका मुखिया रामप्रसाद थकालीको अध्यक्षतामा भएको राहत वितरण कार्यक्रममा फेन्सी पसल सञ्चालन गरेकी सोममाया ल्वागुनलाई ६० हजार, घर क्षति भएका धनी मनोज गोतामेलाई ४० हजार र अर्को सामान्य आगलागी पीडित पूर्णकला गोतामेलाई ५ हजार ५ सय रुपैयाँ हस्तान्तरण गरे । नेरेसो मुस्ताङले सोही कार्यक्रममा आगलागी पीडित उक्त परिवारजनलाई जनही १५ सयसहित कम्बल, त्रिपाल, कपडा र भाडावर्तन वितरण गरेको छ । शाखाकी मन्त्री पुष्पा शेरचनले नगदसहित राहत सामग्री हस्तान्तरण गरेकी थिइन् ।

आगलागी हुँदा स्थानीय मनोज गोतामेको ४ कोठे २ तले घर पूर्ण रुपमा क्षति भएको थियो भने सोही घरमा डेरा गरी पसल संञ्चालन गरकी सोममाया ल्वागुन पसल जलेर नष्ट भएको थियो । आगलागीबाट करिब ९५ लाख बराबरको क्षति भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया