राष्ट्रियसभाका १८ सदस्यहरूद्वारा गाेपनियताकाे सपथ ग्रहण

समाधान संवाददाता, काठमाडाैं
राष्ट्रिय सभाका १८ सदस्यहरुले बुधबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद मिलिल्सिनाले बुधबार बिहान संसद भवनको ल्होत्से हलमा सपथ ग्रहण गराएका हुन् ।
सपथ ग्रहण गर्नेहरुमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का १६ र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का २ जना छन् । उनीहरु गत माघ ९ गते भएको राष्ट्रिय सभा निर्वाचनमा निर्वाचित भएका थिए ।
सपथ ग्रहण गर्नेहरुमा नारायणकाजी श्रेष्ठ, बेदुराम भुसाल, देवेन्द्र दाहाल, इन्दिरादेवी गौतम, गोपीबहादुर सार्की अछामी, तुलसाकुमारी दाहाल, राधेश्याम पासवान, शेखरकुमार सिंह र मृगेन्द्रकुमार सिंह यादव रहेका छन् ।
यसैगरी भगवती न्यौपाने, तारामान स्वाँर, शारदादेवी भट्ट, सुमित्रा विसी, मायाप्रसाद शर्मा, गोपाल भट्टराई, विमला घिमिरे, गंगाकुमारी बेल्बासे र जगतप्रसाद शर्माले पनि आज नै सपथ ग्रहण गरेका छन् ।
राजपाका शेखरकुमार सिंह जातीय पहिरनमा देखिए पनि अन्यले राष्ट्रिय पोशाक लगाएका थिए ।
मंगलबार राष्ट्रपतिबाट मनोनित डा. युवराज खतिवडासहित १९ जनाको कार्यकाल सकिएको थियो । १८ पदका लागि गत माघ ९ गते निर्वाचन भएको थियो । डा. खतिवडाको स्थानमा नेकपा उपाध्यक्ष बामदेव गौतमलाई मनोनित गर्ने निर्णय पार्टी सचिवालयले गरे पनि सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको छैन । पार्टी सचिवालयमा एकमतले निर्णय गरे पनि प्रधानमन्त्री केपी शर्मा ओली गौतमलाई सिफारिस गर्न तयार नदेखिएको नेकपा नेताहरु बताउँछन् ।







महाविरलाई सघाउने चर्चाबिच रास्वपाले म्याग्दीमा फिर्ता लिएन उम्मेदवारी
स्याङ्जामा भिरबाट लडेर २८ वर्षीय युवकको मृत्यु
पोखरा भिलेज रिसोर्टद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
स्याङ्जामा अवैध बालुवा–गिट्टी ओसार्ने ट्याक्टर प्रहरीको नियन्त्रणमा
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
तपाईको प्रतिक्रिया