गोरखामा बन्दाबन्दैको पुल ढल्यो, तीन घाइते
समाधान संवाददाता
२०७६ फागुन २१ गते १५:०२

समाधान संवाददाता, गाेरखा
गोरखामा निर्माणाधीन पुल ढल्दा तीन जना कामदार घाइते भएका छन्।
मध्यपहाडी राजमार्ग अन्तर्गत गोरखाको पालुङटार र तनहुँ तुरतुरे जोड्ने मर्स्याङ्दी नदीमाथि निर्माण भइरहेको पुल मंगलबार राति ढलेको हो।
पुलको ढलान गर्न छड कसिरहेका तीन जना कामदार घाइते छन्। जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक ओम अधिकारीका अनुसार दुई जना कामदारलाई स्थानीय मेडिकलमा र एक जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ। घाइते सुनिल चौधरीलाई उपचार गर्न काठमाडौं ल्याइएको उनले बताए।
उक्त पुल ४३ मिटर लम्बाइको थियो। ढलानका लागि फर्मा टेकाएर छड बाँध्ने काम भइरहेका बेला एक्कासी पुल ढलेको हो। पुल ढलानका लागि तीन हजारभन्दा बढी टेका लगाइएको थियो।
यो पुल निर्माणको ठेक्का गौरी-पार्वती निर्माण सेवाले पाएको थियो।
सम्बन्धित








इन्जिनियरिङ पश्चिमाञ्चल क्याम्पसको प्रमुखमा डा. घिमिरे नियुक्त
एलिट ट्रफी क्रिकेट प्रतियोगिता ४ गतेदेखि हुने
म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान
उज्ज्वल सहकारीमा दोहोरिए नरेन्द्र
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया