प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल, नयाँले काम गर्न थाल्यो
समाधान संवाददाता
२०७६ फागुन २१ गते १५:३३

तस्बिरः त्रिवि शिक्षण अस्पताल अगाडी प्रधानमन्त्री केपी शर्मा ओलीका शुभचिन्तकहरु ।
समाधान संवाददाता, काठमाडाैं
प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ। त्रिवि शिक्षण अस्पताल, महारागजञ्जमा करिव ४ घन्टा लगाएर मिर्गौला प्रत्यारोपण गरिएको चिकित्सकहरुले बताएका छन् ।
उपचारमा संलग्न एक चिकित्सकले नयाँ किड्नीले काम गर्न पनि थालिसकेको बताएका छन् ।
अस्पतालको मिर्गौला प्रत्यारोपण केन्द्रका प्रमुख डाक्टर प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरेको हो।
नयाँ मिर्गौला प्रत्यारोपण गरिएसँगै प्रधानमन्त्री ओलीको शरीरमा चारवटा मिर्गौला हुने चिकित्सकहरुले बताएका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया