सुख्खा पहिरोले अवरुद्ध बेनी–जोमसोम सडक खुल्यो

तस्विरः ईन्द्रसिंह शेरचन ।
एसके थकाली, जोमसोम
गत सोमबार देखि अवरुद्ध बनेको बेनी–जोमसोम सडक आज बिहिबार बिहान १० बजे देखि खुलेको छ ।
सडक निर्माणको क्रममा अचानक सुख्खा पहिरो गएकाले मुस्ताङको थासाङ गाउँपालिका–४ र ३ को बीचमा पर्ने घैकु खोला आसपास करिव १५ किमी सडक पुरिएको थियो । जिल्ला प्रशासन कार्यालय मुस्ताङ, सुरक्षा निकाय, जनप्रतिनिधि, स्थानीयबासीको पहलमा बुधबार देखि शर्मा गजुरमुखिको उपकरण प्रयोग गरी सडक खुलाईएको मुस्ताङ निमित्त प्रजिअ घनश्याम गौतमले जानकारी दिए ।
यसअघि सडक सफा गर्न अप्ठ्यारो र जोखिम भएकाले बिस्पोटक पदार्थ प्रयोग गरेर चिरा परेको भाग हटाईएको थियो । बेनी–जोमसोम सडकखण्डका सुपरभाईजर ईन्द्रसिह शेरचनका अनुसार कठिन मेहनतका सडक खुलाइएको बताए । उनले उपकरण चलाउने थप अपरेट मगाएर सडक सफा गरी दोहोरो आउजाउ संञ्चालन भएको बताए ।
सुख्खा पहिरोले सडक भासिएपछि स्काभेटरसहित चालक कालिगण्डकी नदीमा खस्दा सिन्धुपाल्चोकका अर्जुन दाहालको घटना स्थलमै मृत्यु भएको थियो भने एक यात्रुबाहक बसमा क्षति पुगेको थियो । यसअघि सुख्खा पहिरोले सडक अवरुद्ध हुदा मुस्ताङ आउजाउ गर्ने यात्रुले सास्ती भोग्दै आएका थिए ।








कास्की क्षेत्र नम्बर २ मा रास्वपाबाट उत्तम पौडेलको उम्मेदवारी दर्ता
देशभर २ हजार ९२५ उम्मेदवारी दर्ता, ३३६ महिला चुनावी मैदानमा
कास्की क्षेत्र नम्बर १ मा कांग्रेस, एमाले र रास्वपासहित १७ जनाको उम्मेदवारी दर्ता
म्याग्दीमा महावीर पुनसहित १३ जनाको उम्मेदवारी दर्ता, चुनावी माहोल तातियो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया