अलपत्र यात्रुका सारथि इन्द्रसिंह

सुख्खा पहिरोले सडक अवरुद्ध भएपछि यात्रुलाई बोकेर गन्तव्यतर्फ लैजाँदै इन्द्र शेरचन । तस्बिरः एसके थकाली
एसके थकाली
जोमसोम
कालीगण्डकी करिडोरले निर्माण गर्दै गरेको बेनी–जोमसोम–कोरला सडकखण्डमा आउने सवारी तथा यात्रु समस्याको सारथि बनेका छन् इन्द्रसिंह शेरचन । सडक विस्तारका क्रममा उनले प्राकृतिक प्रकोप तथा अन्य समस्या परेका बेला हरेक यात्रु तथा सवारी चालकलाई सघाउने गरेका छन् ।
उक्त ७६ किमी निर्माणाधीन सडक स्तरोन्नतिमा शेरचन सुपरभाइजर हुन् । मुस्ताङको थासाङ गाउँपालिकाका शेरचन अहिले म्याग्दीको दानामा होटल चलाएर बस्छन् । पर्यटक गाइडका अनुभवी शेरचनले करिडोर सडकको रेखदेखको जिम्मेवारीसमेत सम्हालेका छन् ।
२०७४ सालदेखि नै उनी सुपरभाइजर छन्, उनले सडक नियालेको ३ वर्ष पूरा भयो । सडक निर्माणका क्रममा आईपर्ने जुनसुकै विपदका परिस्थितिमा उदारभावले यात्रुलाई सघाउन तम्सन्छन् । यात्रु उद्धार, दोहोरो सवारी आउजाउ र अप्ठेरो परेका बेला ज्यानै फालेर उद्धारमा खट्ने इन्द्र दाइ सवारी चालकमाझ प्रिय छन् ।
गत मंगलबार बेनी–जोमसोम सडकखण्ड अन्तर्गत थासाङ ४ घैकु खोला नजिक सुख्खा पहिरो गएपछि सडक अवरुद्ध बन्यो । २ तर्फी सडक बन्द भएपछि मुस्ताङ आउजाउ गर्ने पर्यटकलाई समस्या परेको हो । सडकमाथिको भीर जंगल र खाल्डाखुल्डी बाटो पार गर्न पर्यटकलाई हम्मेहम्मे पर्यो । जुन बाटो छिचोल्न ४५ मिनेट समय लाग्थ्यो । जोखिमयुक्त बाटोमा इन्द्र दाइले मुस्ताङ जाने पर्यटकलाई काँधमा बोकेरै गन्तव्यतर्फ अघि बढाए । उनले यात्रुमात्र नभई सामानसमेत बोकिदिए । यस्तै सहयोग धेरै पटक गरेको बताउँछन् उनी । उनले भने, ‘ समस्या आईपर्दा सहयोग गर्नु मानवीय धर्म हो । यस्तो सामाजिक कार्य गर्दा यात्रुबाट आर्थिक आशा र अपेक्षा राख्दिनँ । निस्वार्थ भावले सेवा गर्ने हो ।’
सडक निर्माणको क्रममा यात्रुलाई आईपर्ने हरेक समस्यामा आफ्नै परिवारलाई जस्तै सहयोग गर्ने बानी परेको उनले सुनाए । गत वर्ष म्याग्दीको महभीरमा सडक अवरुद्ध हुँदा उनले धेरै पर्यटकलाई बोकेर उद्धार गरेका थिए ।







माछापुच्छ्रे हिमाल
पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति
फेवातालस्थित तालबाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा
चापाकोटका विद्यार्थीलाई स्टेसनरी
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया