बैंकहरुले घटाउन थाले ब्याजदर

समाधान संवाददाता २०७६ फागुन २३ गते १२:३६

समाधान संवाददाता
काठमाडौं

बैंक तथा वित्तीय क्षेत्रमा लगानी योग्य रकम (तरलता) सहज हुँदै गएको छ । बैंकहरुमा कर्जा प्रवाहको तुलनामा निक्षेप संकलन धेरै हुन थालेपछि अधिक तरलताको अवस्था आएको हो । तरलता सहज भएपछि ब्याजदर घट्ने क्रम सुरु भएको छ । लगानीयोग्य रकम अर्थात् तरलता सहज भएपछि बैंकहरुले पछिल्लो समय नयाँ ब्याजदर सार्वजनिक गर्न थालेका छन् । नेप्सेमा सूचीकृत १० वाणिज्य बैंकले फागुन १५ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

नबिल बैंक
नबिल बैंकले फागुन १५ गतेदेखि लागू हुने गरी सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ९.२५ प्रतिशत र संस्थागत मुद्दति निक्षेपमा अधिकतम ८.५० प्रतिशत ब्याजदर तोकेको छ । यता, बैंकले बचततर्फ न्यूनतम ३.२५ प्रतिशतदेखि अधिकतम ५.२५ प्रतिशतसम्म मात्र ब्याज दिने भएको छ । नबिल बैंकको पुस मसान्तसम्म आधारदर ८.१० प्रतिशतछ । यसैलाई आधार मानेर ऋण प्रवाह गर्नेछ । यसमा केही प्रतिशत प्रिमियम थप हुनेछ । जसअनुसार सेयर र घर कर्जामा (५ प्रतिशत), गाडी कर्जामा (४–६ प्रतिशत) र शैक्षिक कर्जामा (५.५० प्रतिशत) प्रिमियम थप गरेर कर्जा उपलब्ध हुने बैंकको भनाइ छ ।

Advertisement

प्रभु बैंक
प्रभु बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ९.२५ प्रतिशत र संस्थागत मुद्दति निक्षेपमा अधिकतम ८.५० प्रतिशत छ । यता, बैंकले बचततर्फ न्यूनतम ३.५० प्रतिशतदेखि अधिकतम ५.५० प्रतिशतसम्म ब्याजदर दिनेछ । यस बैंकको पुस मसान्तसम्मको आधार दर ९.४५ प्रतिशत रहेको छ । यसमा केही प्रतिशत प्रिमियम थप गरेर ऋण उपलब्ध गराउने छ । जसअनुसार सेयर, घर र शैक्षिक कर्जामा (५ प्रतिशत) प्रिमियम थप गरेर कर्जा दिएको छ ।

एभरेस्ट बैंक
एभरेस्ट बैंकले पनि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा ९.२५ प्रतिसेयर संस्थागत मुद्दतिमा ८.५० प्रतिशत निर्धारण भएको छ । बचतमा न्यूनतम ३.५० देखि अधिकतम ५.५० प्रतिशतसम्म ब्याज पाइनेछ । बैंकको पुस मसान्तसम्मको आधार दर ८.४६ प्रतिशत छ । यसमा केही प्रतिशत प्रिमियम थप हुनेछ । जसअनुसार सेयर कर्जामा (२.७५–६ प्रतिशत), घर कर्जामा (२५–५.५० प्रतिशत), गाडी कर्जामा (२–६ प्रतिशत), शैक्षिक कर्जामा (२.७५–६ प्रतिशत) प्रिमियम थप गरेर कर्जा दिइने बैंकको भनाइ छ ।

Advertisement

ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा ९.२५ प्रतिशत र संस्थागत मुद्दति निक्षेपमा ८.६० प्रतिशत छ । यता, बैंकले बचततर्फ न्यूनतम ०.७५ प्रतिशतदेखि अधिकतम ६ प्रतिशतसम्म ब्याजदर दिने जनाएको छ । यस बैंकको पुस मसान्तसम्म आधारदर ९.६४ प्रतिशत छ । यसैलाई आधार मानेर ऋण दिनेछ । यसमा केही प्रतिशत प्रिमियम थप हुनेछ । जसअनुसार सेयर कर्जामा (१.२५–६प्रतिशत), घर कर्जामा (५ प्रतिशत), गाडी कर्जामा (१.२५–५ प्रतिशत) र शैक्षिक कर्जामा (२.५–६ प्रतिशत) प्रिमियम थप गरेर कर्जा उपलब्ध हुने बैंकको भनाइ छ ।

प्राइम बैंक
प्राइम बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा ९.२५ प्रतिशत र संस्थागत मुद्दति निक्षेपमा ८.६० प्रतिशत छ । यता, बैंकले बचततर्फ ६.५० प्रतिशतसम्म ब्याजदर दिनेछ । पुस मसान्तसम्म यसको आधारदर ९.४५ प्रतिशत छ । यसैलाई आधार मानेर ऋण दिनेछ । यसमा केही प्रतिशत प्रिमियम थप हुनेछ । जसअनुसार सेयर, घर र शैक्षिक कर्जामा (६ प्रतिशत) प्रिमियम थप गरेर कर्जा उपलब्ध हुने बैंकको भनाइ छ ।

लक्ष्मी बैंक
लक्ष्मी बैंकले पनि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा ९.२५ प्रतिशत र संस्थागत मुद्दति निक्षेपमा ८.५० प्रतिशत हुनेछ । बैंकले बचतमा न्यूनतम ४.५ प्रतिशतदेखि अधिकतम ६.५० प्रतिशतसम्म ब्याज दिनेछ । पुस मसान्तसम्ममा यसको आधार दर १०.०९ प्रतिशत छ । यसमा केही प्रतिशत प्रिमियम थप गरेर ऋण दिँदै आएको छ । जसअनुसार सेयर कर्जामा (१–६ प्रतिशत), घर कर्जामा (४–६ प्रतिशत), गाडी र शैक्षिक कर्जामा (६ प्रतिशत) प्रिमियम थप गरेर कर्जा दिएको छ ।

नेपाल एसबीआई बैंक
नेपाल एसबीआई बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा ९.२५ प्रतिशत र संस्थागत मुद्दति निक्षेपमा ८.५० प्रतिशत छ । यता, बैंकले बचततर्फ न्यूनतम २ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको पुस मसान्तसम्मको आधार दर ९.९४ प्रतिशत ५ छ । यसको सेयर कर्जामा (१.७५–६ प्रतिशत), घर र शैक्षिक कर्जामा (५ प्रतिशत) प्रिमियम थप गरेर कर्जा प्रवाह हुनेछ ।

एनएमबि बैंक
एनएमबि बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा ९.२५ प्रतिशत र संस्थागत मुद्दति निक्षेपमा ८.६० प्रतिशत छ । यता, बैंकले बचततर्फ न्यूनतम ४.५० प्रतिशतदेखि अधिकतम ६.५० प्रतिशतसम्म ब्याजदर दिने जनाएको छ । बैंकको पुस मसान्तसम्म आधारदर १०.१५ प्रतिशत छ । यसैलाई आधार मानेर ऋण दिनेछ । यसमा केही प्रतिशत प्रिमियम थप हुनेछ । जसअनुसार सेयर कर्जामा (२५–६ प्रतिशत), घर कर्जामा (२–८.५प्रतिशत), गाडी कर्जामा (४–८.५प्रतिशत) र शैक्षिक कर्जामा (३–८.५ प्रतिशत) प्रिमियम थप गरेर कर्जा उपलब्ध हुने बैंकको भनाइ छ ।

सनराइज बैंक
सनराइज बैंकले पनि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा ९.२५ प्रतिशत र संस्थागत मुद्दति निक्षेपमा ८.५० प्रतिशत हुनेछ । बैंकले बचतमा न्यूनतम ४ प्रतिशतदेखि अधिकतम ६ सम्म ब्याज दिनेछ । बैंकको पुस मसान्तसम्मको आधार दर १०.०१ प्रतिशत छ । यसमा केही प्रतिशत प्रिमियम थप गरेर ऋण दिँदै आएको छ । जसअनुसार सेयर, घर र शैक्षिक कर्जामा (६ प्रतिशत) प्रिमियम थप गरेर कर्जा दिएको छ ।

सानिमा बैंक
सानिमा बैंकले पनि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा ९.२५प्रतिशत र संस्थागत मुद्दतिमा ८.६०प्रतिशत ब्याजदर निर्धारण भएको छ । बचतमा न्यूनतम ३.२५ प्रतिशत ५ देखि अधिकतम ६.५०प्रतिशत सम्म ब्याज दिनेछ । बैंकको पुस मसान्तसम्मको आधार दर ९.२९प्रतिशतरहेको छ । यसमा केही प्रतिशत प्रिमियम हुनेछ । जसअनुसार सेयर घर गाडी, शैक्षिक कर्जामा ५ प्रतिशत प्रिमियम थप गरेर कर्जा दिनेछ ।

तपाईको प्रतिक्रिया