आहा रारा फुटबलको सान

सहारा क्लबको आयोजनामा बिहीबारदेखि पोखरा रंगशालामा आरा रारा गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । यो प्रतियोगिताको १८ संस्करणसम्म आइपुग्दा धेरै उतारचढाव आयोजकले व्यहोरेका छन् । यसपालि पनि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले पनि प्रतियोगिताका लागि केही न केही व्यवधान खडा ग¥यो । तर नेपालमा कोरोना आइनसकेको परिस्थिति हेरी प्रतियोगिता बिहीबार सुरु भयो । यति नै खेर विश्वका ८० भन्दा ज्यादा मुलुकमा कोरोना भाइरस फैलिरहँदा बेलायत लगायत मुलुकमा फुटबल प्रतियोगिता जारी नै छन् ।
आरा रारा गोल्डकप फुटबल प्रतियोगिताको आयोजक सहारा क्लब भए पनि यो पोखराकै सान र गौरवको प्रतियोगिता भएको छ । नेपाली फुटबल जगतमा यति लामो शृंखलासम्म निरन्तर चलेका फुटबल प्रतियोगिता एक त कम छन् भने पुरस्कार राशि प्रथमलाई १० लाख भएका प्रतियोगिता पनि दुर्लभै छन् । मुलुककै प्रतिष्ठित फुटबल प्रतियोगितामा आहा रारा दर्ज भएको छ । यो पनि पोखरेलीका लागि गर्वको कुरा हो । गैरनाफामूलक विशुद्ध सामाजिक संस्था सहारा क्लबले यो प्रतियोगिताका अलावा फुटबलर विकास गर्न एकेडेमी नै चलाएको छ । प्रतियोगिताको आर्जन एकेडेमीमा खर्च हुँदै आएको छ । सबैभन्दा सुन्दर पक्ष त यो क्लबमा जति पनि आवद्ध छन्, सबै निस्वार्थ भावले सेवामा समर्पित छन् । आर्थिक गतिविधि सधैं पारदर्शी छ । त्यसैले नै प्रतियोगिताका लागि, एकेडेमीका लागि सहारा क्लबले मनकारीहरुबाट साथ पाउँदै आएको छ । पोखराले प्रतियोगिताको अपनत्व ग्रहण गर्नुको मुख्य कारण पनि त्यही नै हो ।
सामाजिक संस्थाको अभाव मुलुकमा छैन । तर निरन्तरताको अभाव सबै क्षेत्रमा छ । यो क्षेत्रमा पनि छ । त्यस मामलामा सहारा क्लबलाई तारिफ गर्नुपर्छ । सामाजिक क्षेत्रमा पनि थुप्रै विसंगति र विकृति छन्, त्यसभन्दा माथि छ यो क्लब । व्यक्तिगत प्रतिष्ठाको भर्याङ बनाउन सामाजिक संघसंस्थामा लाग्नेहरु धेरै छन् मुलुकमा । यो क्लबका आजसम्मका पदाधिकारी र सदस्यहरु त्यस्तो कर्ममा लागेको उदाहरण छैन । उनीहरु दिनरात खटिएका छन् त केवल सामाजिक भावनाका साथ । वास्तवमै सामाजिक सेवा कस्तो हुन्छ भनेर दिने उदाहरणको प्रतिनिधि क्लब सहारा भएको छ ।
पोखराले आज पोखराबाट माछापुच्छ्रे देखिन्छ भनेर मात्रै गर्व गर्दैन, फेवाताल हाम्रो हो भनेरमात्रै गर्व गर्दैनन् । पोखरेलीले सगर्व भन्न सक्ने भएका छन्, हाम्रो सहरमा सहारा क्लब पनि छ । राज्यस्तरबाट सञ्चालित हुनुपर्ने फुटबल एकेडेमी सहारा क्लबले चलाउँछ । वास्तवमा कुनै पनि सहर सभ्य र सुसंस्कृत हुनुका लागि सहाराले जस्तै सांस्कृतिक गतिविधि हुनुपर्छ । तब मात्रै सहर जीवन्त बन्छ । घनाबस्ती र सुविधासम्पन्न सडक तथा गगनचुम्बी भवनहरु सहरका वास्तविक परिचायक हुन सक्दैनन् । मानवीय गतिविधिको परिचयभन्दा अग्लो परिचय र पहिचान अनि प्रतिष्ठा गगनचुम्बी घरहरुले दिन सक्दैनन् । जुन पहिचान सहाराले फुटबलका माध्यमबाट पोखरालाई दिएको छ, त्यो वास्तवमै स्तुत्य छ । सलाम छ, सहाराका सबै स्वयंसेवीहरुलाई !






पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कोक्यापको कार्यशाला
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया