१८ औं आहा रारा गोल्डकपः गान्तोकलाई रोकेर थ्रिस्टार सेमीफाइनलमा

समाधान संवाददाता
पोखरा
१८ औं आहा रारा गोल्डकपमा भारतीय टिम गान्तोक फुटबल क्लबलाई ३–० ले हराउँदै रुस्लान थ्रिस्टार फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको छ । सोमबार पोखरा रंगशलामा भएको क्वाटरफाइनल खेलमा थ्रिस्टारका खेलाडी दिपेश घलेको पासमा सन्जोक राईले गोल गरे ।
दोस्रो हाफको इन्जुरी टाइममा मात्र सुशन श्रेष्ठले २ गोल गरे । खेलको ९२ औं मिनेटमा र ९३ औं मिनेटमा गान्तोक सिटी फुटबल क्लबका खेलाडीको नियन्त्रणमा रहेको बल आफ्नो अधिनमा राख्दै श्रेष्ठले गोल गरेका हुन् ।
खेलको निधारित समयमा गान्तोकको तर्फबाट गोल हुन सकेन । खेलको ३७ औं मिनेटमा सुशील राईको पासमा सन्जोक राईले प्रहार गरेको बल गान्तोकका खेलाडीले डि बक्स भित्रबाट क्लियर गरिदिए । खेलको ७० औं मिनेटमा अनन्त तामाङको पासमा सन्जोक राइले प्रहार गरेको बल क्रसबारबाट बाहिरियो । ९० औं मिनेटमा दिपेश घलेको पासमा सुशील राईले गरेको प्रहार गान्तोकका किपर नमोदीप लेप्चाले बचाउ गरे ।
गान्तोकका लागि ४३ औं मिनेटमा डन टेसिरिङ लेप्चाले प्रहार गरेको बल क्रसबारबाट बाहिरियो । खेलको ८३ औं मिनेटमा टि देन्डुप भुटियाले प्रहार गरेको बल थ्रिस्टारका किपर पुरन जेमजोङले उत्कृष्ट बचाउ गरे ।
खेलको पहिलो हाफमा दुवै टिमका खेलाडीले फिनिसिङ निकाल्न सकेनन् । दोस्रो हाफमा गान्तोक सिटीले पाएको बलमा पनि फिनिसिङ निस्कन सकेन । खेलमा दुवै टिमले बल बराबर जस्तो नियन्त्रणमा लिए पनि गान्तोक सिटीले नतिजा निकाल्न सकेन । सोमबारको खेलमा म्यान अफ दि म्याच थ्रि स्टार फुटबल क्लबका सुशन श्रेष्ठ भए । उनले दोस्रो हाफको इन्जुरी समयमा २ गोल गरेका थिए ।
गान्तोक फुटबल क्लबका कोच मोल डिक लेप्चाले रेफ्रीको निर्णयमा असन्तुष्टि जनाए । पहिलो गोलमा नै रेफ्रीले अफसाइड नदिएको उनले गुनासो गरे । १ पटक डि बक्सभित्र थ्रिस्टारका खेलाडीले किपरलाई दिएको बल किपरले सिधै हातले समात्दा फल नदिएको उनले गुनासो गरे । गान्तोक सिटी क्लब १ वर्षअघि मात्र स्थापना भएको क्लब भएकाले कम उमेरमा धेरै खेलाडी रहेको उनको भनाइ छ ।
थ्रिस्टारका कोच मेघराज केसीले टिममा नयाँ खेलाडी धेरै भएकाले खेलको पहिलो हाफमा नतिजा ल्याउन नसकेको स्वीकारे । ‘फुटबलमा खेलभन्दा पनि नतिजा चाहिन्छ,’ केसीले भने, ‘हामीले नतिजा निकालेर देखायौं ।’ केसीले थ्रिस्टार क्लबमा ९ खेलाडी नयाँ र कम उमेरका रहेकाले विगतमा जस्तो खेल अहिले प्रदर्शन गर्न नसकेको जनाए । केसीले आगामी वर्ष ९ खेलाडी परिपक्व भएपछि उत्कृष्ट प्रदर्शन गर्ने प्रतिवद्धता गरे ।
मंगलबार संकटा फुटबल क्लब र त्रिभुवन आर्मी क्लबबीच आहा राराको अन्तिम क्वाटर फाइनल खेल हुनेछ । थ्रिस्टार र गान्तोकले सिधै क्वाटर फाइनल खेलेका हुन् । खेल जितेको थ्रिस्टारले बुधबार नेपाल पुलिस क्लबसँग सेमिफाइनल खेल्नेछ ।









फागुन २१ को चुनाव सर्दैन, सफल पार्ने उपाय खोजौँ : प्रधानमन्त्री कार्की
दलहरूलाई आयोगको २० बुँदे निर्देशन : प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार अनिवार्य
नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम
चर्को आवाज निकाल्ने बाइक चालक पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
तपाईको प्रतिक्रिया