नेकपा सबैभन्दा लोकतान्त्रिक पार्टीः मुख्यमन्त्री गुरुङ

समाधान संवाददाता
पोखरा
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समितिका सदस्य तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपाजस्तो लोकतान्त्रिक पार्टी अरु नभएको दाबी गरेका छन् । नेकपा गण्डकी प्रदेश कमिटी इन्चार्जसमेत रहेका गुरुङले लोकतान्त्रिक संस्कार र आचरण कम्युनिस्ट पार्टीबाट अरुले सिक्नुपर्ने सुनाए ।
नेकपा वडा कमिटी पोखरा २४ कास्कीकोटले सोमबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा मुख्यमन्त्री गुरुङले सबभन्दा क्रान्तिकारी, अनुशासित, लोकतान्त्रिक र विकास निर्माण गर्ने पार्टी नेकपा भएको जिकीर गरे । लोकतन्त्रको आचरण र व्यवहार नभएको कांग्रेसलाई लोकतान्त्रिक भने पनिे कांगे्रसले लोकतन्त्र जोगाउन नसकेको इतिहासबाट प्रमाणित भएको बताए । उनले राजा आउ देश बचाऊ भन्दै राजाको विरासत धान्ने पार्टीको भविष्य नभएको ठोकुवा गरे ।
२०१७, २०४८ र २०५६ सालमा बहुमत ल्याएको कांग्रेसको उन्माद, अनुशासनहीनता र कार्यकर्ताको अराजकताले लोकतन्त्र संकटमा परेको भन्दै मुख्यमन्त्री गुरुङले कांग्रेसको कार्यशैली, चिन्तन र व्यवहार गलत भएको आरोप लगाए । उनले नेकपा लोकतन्त्र जोगाउन र राष्ट्रियताको रक्षाका लागि निरन्तर लडेको बताए । ‘नेकपाले २००६ सालदेखि लोकतन्त्रको बहाली र राणाशासनको अन्त्यका लागि संघर्ष गरेको छ,’ मुख्यमन्त्री गुरुङले भने, ‘भारतले गरेको नाकाबन्दी लगायत राष्ट्रलाई संकट पर्दा नेकपाले जनतालाई साथ दिएको छ ।’
उनले काम, व्यवहार र प्रयोगबाट लोकतान्त्रिक आचरण देखाई सकेको नेकपाले अमेरिका, युरोपबाट लोकतान्त्रिक पार्टीको लाइसेन्स लिन जरुरी नभएको तर्क गरे । मुख्यमन्त्री गुरुङले समानताको सिद्धान्त र सन्तुलित परराष्ट्र नीतिका आधारमा पार्टी अघि बढेको बताए । उनले पार्टी प्रवेश गरेका कसैलाई पनि भेदभाव नगरी पार्टीले उचित जिम्मेवारी दिने उल्लेख गरे ।
कार्यक्रममा नेकपा गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डेले नेपालको आर्थिक विकास र समृद्धिका लागि नेकपामा गोलबन्द हुन सबैमा आग्रह गरे । उनले पार्टी प्रवेश गरेका क्षमता र आवश्यकताका आधारमा जिम्मेवारी दिने बताए । कार्यक्रममा पोखरा २४ कास्कीकोटका ४७ जना नेकपामा प्रवेश गरेका छन् । पोखरा २४ बास्कोट र आसपासका उनीहरु नेपाली कांग्रेस र राप्रपा परित्याग गरी नेकपा प्रवेश गरेका हुन् । नेपाल कम्युनिस्ट पार्टी गण्डकी इन्चार्ज तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उनीहरुलाई माला लगाएर पार्टी प्रवेश गराएका थिए ।
पार्टी प्रवेश गर्नेमा टेकबहादुर खत्री, बलबहादुर कार्की, देवी कार्की, पूर्णप्रसाद गौतम, गोकर्ण गौतम, डिलमाया गौतम, हिरा गिरी, लोकमाया गिरी, जितबहादुर परियार, नारायणप्रसाद गौतम, रजिना गौतम, बमबहादुर कार्की, लक्ष्मण कार्की, सुरज गौतम, सुनील गौतम, विमलबहादुर खत्री, दीपक गिरी, मनीषा गिरी, प्रकाश गिरी, जुना गौतम छन् ।
त्यसैगरी सुष्मा विक, सन्दीप परियार, सागर परियार, हिरा खत्री, कुलप्रसाद पौडेल, दीपक कार्की, इन्द्रकमल सुवेदी, मानबहादुर जिसी, किशोर खत्री, विष्णु केसी, धनकुमारी खत्री, बाबुराम गौतम, विष्णुप्रसाद गौतम, पुष्पा कार्की, शर्मिला कार्की, हरिप्रसाद दवाडी, नरबहादुर देवकोटा, सुजाता अधिकारी, विकल सुवेदी, शिव जिसी, शिव थापा, नारायण गिरी, हरि भट्टराई, किसन सुवेदी, विष्णु देवकोटा छन् ।
कार्यक्रममा नेकपाका नेता तथा पोखरा २४ का अध्यक्ष ओम सुवेदी, नेकपा पोखरा २४ वडा कमिटीका अध्यक्ष मनहरि त्रिपाठी, कमिटीका सचिव विष्णु तिमिल्सेना, नवप्रवेसी नारायणप्रसाद गौतम लगायतले बोलेका थिए ।







कर्मचारी सहकारी संस्थामा पदमबहादुर घिमिरे
त्रिवेणी इन्टरनेशनल कलेजको १० औँ वार्षिक साधारण सभा : शिक्षामा शैक्षिक विधि र प्रविधिको प्रयोग आवश्यक
भद्रकाली माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागत
हिमपातले मुस्ताङका याकचौँरी बेँसीमा सारिए
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया