शुक्लागण्डकीमा कोरानोबारे सचेतना मूलक फ्लेक्स

समाधान संवाददाता, दुलेगौंडा
शुक्लागण्डकी जेसीजले शुक्लागण्डकी नगरपालिकाका विभिन्न क्षेत्रमा कोरोना भाइरसबारे सचेतनना मूलक फ्लेक्स राखेको छ । हरेक वर्ष फागुपूर्णिमा अर्थात होली पर्व सामूहिक रुपमा मनाउँदै आएको शुक्लागण्डकी जेसीजले सोमबार विश्वव्यापी रुपमा फैलदै गरेको कोरानो भाइरसबारे सचेतना जगाएको हो ।
जेसीजले नगरका भिडभाड हुने क्षेत्रमा कोरोना भाइरस (कोभिड १९) बारे जानकारीमूलक फ्लेक्स राखेको वर्ष २०२० का अध्यक्ष मदन श्रेष्ठले जानकारी दिए । वर्ष २००५ का अध्यक्ष राजाराम श्रेष्ठले विश्वलाई नै चुनौती दिइरहेको भाइरसबाट जोगिन नेपालमा पूर्व सचेतना महत्वपूर्ण रहेको बताए । ‘हाम्रो मुलुकमा फैलियो भने ठूलो समस्या सिर्जना हुन सक्छ,’ उनले भने, ‘त्यसैले रोग लाग्नै नदिनु नै उत्तम उपाय हो ।’ कार्यक्रम संयोजक सुविन श्रेष्ठ, सञ्चार संयोजक सन्तोष श्रेष्ठ, सचिव रमेश भण्डारी, सुरज लम्साल लगायतले होलीको शुभकामनासँगै कोरोनाबाट सचेत हुनुपर्नेमा जोड दिएका थिए । जेसीजले मास्कसमेत वितरण गरेको छ ।
तपाईको प्रतिक्रिया