मन्टेसरी केयर गिभर अभिमुखीकरण

समाधान संवाददाता
पोखरा
११० औं श्रमिक महिला दिवसका सन्दर्भमा मन्टेसरी केयर गिभरलाई मन्टेसरी एसोसियसन कास्कीले अभिमुखीकरण तथा स्वास्थ्य परामर्श गरेको छ ।
पोखरा १ का अध्यक्ष शारदा पराजुलीले बालबालिका भविष्यका कर्णाधार भएकाले उनीहरुको हर क्षत्रमा ध्यान दिनुपर्ने धारणा राखिन् । कार्यक्रममा प्राडा चन्द्रा भद्राले महिलासम्बन्धी कानुन तथा हक अधिकारबारे जानकारी दिँदै आफ्नो पहिचान बनाउनुपर्नेमा जोड दिइन् ।
कार्यक्रम संयोजक गोमा कार्कीले कार्यक्रमको उद्देश्यबारे सहभागीलाई प्रष्ट्याइन् । कार्यक्रममा कोषाध्यष रीता सुवेदी, विष्णुमाया थापाले सहजीकरण गरेका थिए । संस्थाका अध्यक्ष मीलन केसीले बालबालिकाको हर क्षत्रमा विकास गरिनुपर्ने र उनीहरुसँग प्रत्यक्ष रुपमा रहनुहुने दिदीबहिनीलाई यसबारे शिक्षा महत्वपूर्ण भएको बताए ।
संस्थाका अध्यक्ष मीलन केसीको अध्यक्षतामा भएको कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका स्त्रीरोग विशेषज्ञ प्राडा चण्डिका पण्डित लगायतले बोलेका थिए । कार्यक्रम सञ्चानलन संस्थाका सचिव सावित्री थापा मोक्तान र स्वागत शाल्भी मर्सानीले गरेका थिए ।








कास्की क्षेत्र नम्बर २ मा रास्वपाबाट उत्तम पौडेलको उम्मेदवारी दर्ता
देशभर २ हजार ९२५ उम्मेदवारी दर्ता, ३३६ महिला चुनावी मैदानमा
कास्की क्षेत्र नम्बर १ मा कांग्रेस, एमाले र रास्वपासहित १७ जनाको उम्मेदवारी दर्ता
म्याग्दीमा महावीर पुनसहित १३ जनाको उम्मेदवारी दर्ता, चुनावी माहोल तातियो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया