चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

समाधान संवाददाता २०७६ फागुन २७ गते १३:४५

रासस, बैतडी

मेलौली नगरपालिका–९ की नौ वर्षीया बालिका सीता लुहारको चितुवाको आक्रमणबाट मृत्यु भएको छ। लुहारलाई आज बिहान ४ः०० बजे ओछ्यानमै चितुवाले आक्रमण गरीे लगेको र बालिकाको शव ५०० मिटर टाढा फेला परेको छ।

प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले भने, ‘यही फागुन २१ गते राति शिवनाथ गाउँपालिका–४ का २५ वर्षीय बालक हर्कबहादुर साउदलाई आक्रमण गरी घाइते बनाएको थियो, योसँगै २०६८ सालयता बैतडीमा २५ जनाको नरभक्षी चितुवाले ज्यान लिइसकेको छ।’

Advertisement

तपाईको प्रतिक्रिया