रिमोट कन्ट्रोलबाट बाँस्कोटाको घरमा बम बिस्फोटः प्रहरी

समाधान संवाददाता, काठमाडाैं
पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको लोकन्थलीस्थित घरमा रिमोट कन्ट्रोलबाट बम बिस्फोटन गराइएको खुलेको छ।
बाँस्कोटाको घरमा बुधबार विहान प्रेसर कुकर बम रिमोट कन्ट्रोलबाट गराइएको प्रहरीले बताएको छ। घटनास्थलभन्दा पाँच सय मिटर टाढा रिमोट फेला परेको अनुसन्धानमा खटिएको प्रहरीले जनाएको छ।
बम विस्फोटपछि अनुसन्धानमा सिआइबी, महानगरीय अपराध महाशाखा र प्रहरी परिसरको टोली जुटिरहेको छ।
प्रहरीका अनुसार बाँस्कोटाको निर्माणाधीन घरको कम्पाउण्डभित्र पर्खालसँगै बम राखिएको थियो।
विस्फोटले सो पर्खालको एउटा भाग भत्किएको छ। प्रेसर कुकर बमको चोइटाले घरको बाहिर भित्तामा सामान्य क्षति पुगेको छ।
बाँस्कोटाको पुरानो एक तले घर तीन तले बनाउने काम भइरहेको छ। निर्माणाधीन उक्त घरमा बाँस्कोटा अहिले बस्दैनन्। मन्त्री भएदेखि नै उनी बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा बस्दै आएका छन्।
यसैगरी विष्फोटबाट बाँस्कोटाका दुई छिमेकीका घरका सिसा फुटेका छन् भने छेऊमा रोकेर राखिएको बा १९ च नम्बर ४७८१ को मारूती भ्यानमा क्षति पुगेको प्रहरीले जनाएको छ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया