जोमसोममा तोरन्लको रौनक

एसके थकाली
जोमसोम
थकाली समुदायमा सोमबारदेखि तोरन्लको रौनक सुरु भएको छ । मुस्ताङको जोमसोमसहित जिल्लाका तल्लो क्षेत्रमा यो पर्व धूमधामका साथ मनाइन्छ । वसन्त ऋतु आगमनसँगै सुरु हुन्छ थकालीको मुख्य पर्व तोरन्ल ।
देश, विदेशमा छरिएका थकालीहरु पर्व धान्न पुख्यौली स्थान फर्किने चलन छ । तारो हान्ने, कौडा खेल्ने, पितृ चढाउने, नाचगान गर्ने मीठो खाने र राम्रो लगाउने यो पर्वका विशेषता हुन् । मुस्ताङको तल्लो क्षेत्र जोमसोमदेखि घाँसासम्म र पोखरा, काठमाडौं, बुटवला, भैरहवा लगायत देशभर छरिएका थकालीले यो पर्व मनाउने गरेका छन् ।
तोरन्लमा मुख्य रुपमा पितृ पूजा हुन्छ । थकाली समुदायले दिवंगत पितृलाई खुसी पार्न ३ दिनसम्म साझ बिहान चोखो पानी चढाउने र परिकार बनाएर चढाउने गर्छन् । पूर्णिमाको अघिल्लो दिनदेखि भोलिपल्टसम्म पितृ पुजा हुन्छ । फागु पूर्णिमाको अघिल्लो दिन तारा ( धसा चुह ) गाड्ने गरिन्छ । धसा गाड्दा थकाली परम्परा अनुसार पूजापाठ गरिन्छ । धसालाई पूजाआजा गर्नाले तारो खेल्दा कुनै अनिष्ठ नहुने विश्वास छ । धसाको पूजा गरेपछि मात्र तारो हान्ने खेल सुरु हुन्छ ।
महिला भने कौडा खेलेर रमाइलो गर्छन् । धसा गाड्नुअघि गाउँमुखियाको घरमा सबै भेला हुन्छन् । थकालीकै पर्व भए पनि अन्य समुदायसमेत जोमसोममा यो पर्वमा सहभागी हुने गरेका छन् । तारा खेल गाउँ मुखिया रामप्रसाद थकालीले धसो पूजाआजा तथा ताराको तिर हान्दै सुरुआत गरे ।
जोमसोममा ३ दिनसम्म तारा हान्ने खेल हुन्छ । नागरिक समाजका अगुवा चन्द्रबहादुर थकालीले तोरन्ल थकालीको महान पर्व भएको बताए । यो पर्वले समुदायका समस्याले अकापसमा जोड्ने उनले उल्लेख गरे । गाउँ मुखिया रामप्रसाद थकालीले यो पहिचानको पर्व भएको विचार राखे । जनहित मावि अध्यक्ष जयन्द्रलाल थकालीले तोरन्ल पर्व थकाली समुदायकै सांस्कृतिक पर्व भएको जनाए ।









गण्डकीमा ७ सचिवको पदस्थापन
कांग्रेसको आन्तरिक किचलो उत्कर्षमा : महामन्त्रीद्वयले बोलाए पुस २७ मा विशेष महाधिवेशन
जलाउने र ठग्नेको मिलाई
१ करोड ६८ लाखमा भवन निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया