डलर अहिलेसम्मकै शक्तिशाली, सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

समाधान संवाददाता
पोखरा
डलरले हालसम्मकै सर्वाधिक मूल्यको रेकर्ड कायम गरेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि प्रति १ अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ २४ पैसा कायम गरेको छ भने बिक्रीदर १ सय १८ रुपैयाँ ८४ पैसा तय गरेको छ ।
अघिल्लो दिनको तुलनामा प्रति १ डलरको मूल्य ५६ पैसा बढी हो । सोमबार प्रति १ डलरको मूल्य १ सय १८ रुपैयाँ २८ पैसा थियो । यो हालसम्मकै सर्वाधिक मूल्य हो । यसअघि प्रति १ डलरको मूल्य १ सय १८ रुपैयाँ ७३ पैसासम्म उक्लिएको थियो । गत वर्ष असोज २४ मा डलरले उक्त मूल्य भेट्टाएको थियो ।
कोरोना भाइरस र कच्चा तेलको मूल्यमा आउन सक्ने गिरावटका कारण भारतीय रुपैयाँ कमजोर भएसँगै नेपाली रुपैयाँमा यसको असर देखिएको हो । भारतीय रुपैयाँसँग स्थिर विनिमय दरका कारण नेपाली रुपैयाँ कमजोर भएको हो ।
डलरको मूल्य आकासिएसँगै मुद्रास्फितिमा दबाब पर्ने भएको छ । मुद्रास्फितिलाई ६ प्रतिशतमा राख्ने केन्द्रीय बैंकको लक्ष्यदर ६.४ प्रतिशत पुगिसकेको छ । डलरको मूल्यमा आएको तेजीले मुद्रास्फितिमा थप दबाब पर्नेछ ।
डलरको मूल्य बढ्दै जाँदा व्यापार घाटा थप बढ्नेछ भने ठूला आयोजनाको लागतसमेत बढ्नेछ । विप्रेषण प्रवाहमा सकारात्मक असर देखिए पनि आयातको मात्रा ठूलो भएकाले यसको असर समग्र देशको अर्थतन्त्रमा पर्ने विश्लेषकहरुले बताएका छन् ।
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड
नेपाली बजारमा पहेलो धातु सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ८२ हजार ७ सय रुपैयाँ तोकिएको छ । गत शुक्रवार छापावाल सुनको मूल्य ८२ हजार ५ सयमा कारोबार भएको थियो भने मंगलबार प्रतितोला २ सयले बढेर सुनको मूल्य नयाँ उचाइमा पुगेको हो । त्यसैगरी तेजावी सुनको मूल्य प्रतितोला ८२ हजार ४ सयमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला ८ सय ८० मा कारोबार भइरहेको छ । गत शुक्रवार चाँदीको मूल्य प्रतितोला ८ सय ९० मा कारोबार भएको थियो ।
सुनको भाउमा कोरोना भाइरसको प्रभाव तथा कच्चा तेलको विषयलाई लिएर भएको विवादका कारण तीव्र उतारचढाव आएको भए पनि सन २०१६ यताकै वृद्धि भएको छ ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया