चीनमा कोरोनाको नयाँ संक्रमण १० भन्दा तल

बिहीबारदेखि बन्द गर्न लागिएको वुहानको एक आपतकालीन अस्पतालमा आराम गर्दै डाक्टर। तस्बिर: पिपुल्स डेली।
एजेन्सी
चीनमा कोरोना भाइरसबाट नयाँ संक्रमण हुनेहरुको संख्या १० भन्दा तल झरेको छ।
बुधबार वुहान सहरमा ८ जनामात्र नयाँ संक्रमित भेटिएका छन् भने अन्य प्रान्तका ७ जनामा यो भाइरस देखिएको छ। ती सातमध्ये पनि ६ जना बाहिरबाट आएकाहरू हुन्।
कोरोना भाइरसको उदगम थलोमै कोरोनाको संक्रमण न्यून हुँदै गएपछि वुहानको जनजीवन सामान्य बन्न खोज्दैछ। राष्ट्रपति सी चिनफिङले दुई दिनअघि उक्त सहरको भ्रमण गरेका छन्।
एक करोड १० लाख मानिसको बसोबास भएको वुहान सहर जनवरी २३ देखि सरकारले ‘लक डाउन’ गरिदिएको थियो।
नयाँ बिरामी आउने क्रम स्वाट्टै घटेपछि रातारात बनाइएका आपतकालीन अस्पतालहरू पनि बन्द गरिएका छन्। यद्यपी अधिकारीहरुले अझै पनि महामारी फर्किन सक्ने भन्दै सचेत रहन आग्रह गरेका छन्।
डिसेम्बर अन्तिम सातादेखि देखिन थालेको कोरोना भाइरसले चीनमा अहिलेसम्म ८० हजार ७ सय ९३ जना संक्रमित भएका थिए भने ३ हजार १ सय ६९ जनाले ज्यान गुमाए।
६२ हजार ७ सय ९३ जना उपचारपछि घर फर्किएका छन्।









यस्तो छ कांग्रेसको समानुपातिक सूची आयोगमा : अर्जुननरसिंहदेखि राष्ट्रपतिकी छोरीसम्म (सूचीसहित)
ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया