कैलाश विकास र प्राइम बैंकको एकीकृत कारोबार

समाधान संवाददाता २०७६ फागुन ३० गते १४:०७

समाधान संवाददाता, काठमाडौं

प्राइम कमर्सियल बैंक र कैलाश विकास बैंकको एकीकृत कारोबार सुरु भएको छ । प्राइम बैंकले कैलाश विकास बैंकलाई प्राप्ती गरेपछि एकीकृत कारोबार सुरु भएको हो ।

बिहीबार काठमाडौंमा आयोजित सभामा बैंकले एकीकृत कारोबारको औपचारिक घोषणा गरेको हो । गत असार २० गते भएको सम्झौतानुसार कैलाश विकास बैंकलाई प्राइम कमर्सियल बैंकले १ सय बराबर ९४ दरको स्वाप रेसियोमा प्राप्ती गरेको बैंकले जनाएको छ । कैलाश र प्राइम गाभिएपछि बनेको प्राइम कमर्सियल बैंकको चुक्ता पूँजी करिब १४ अर्ब रुपैयाँ पुगेको छ । अव बैंकको पूँजीकोष करिब १९ अर्ब पुगेको जनाएको छ ।

Advertisement

एकीकृत कारोबारको औपचारिक सुरुआत गर्दै बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले बैंकले आफ्नो पूँजी बढाई अझ विश्वासिलो र भरपर्दो सेवा प्रदान गर्नका लागि मर्जरलाई विशेष प्राथमिकता दिएको बताए । श्रेष्ठले कैलाश विकास बैंकलाई प्राप्ती गरेपछि बैंकको पोर्टफोलियो १ खर्ब ३० अर्ब भन्दा बढी पुगेको बताए । मर्जपछि बैंकको शाखा संख्या १ सय ९९ पुगेको छ । बैंकको निक्षेप १ खर्ब २८ अर्ब र कर्जा लगानी १ खर्ब १५ अर्ब पुगेको छ । उपभोक्ताको हितमा बैंकले विभिन्न शीर्षकको कर्जा, सहुलियत र सहज बैंकिङ प्रक्रियालाई प्राथमिकता दिँदै आएको छ । प्राइमका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले एकीकृत कारोबार सुरु भएको बिहीबार घोषणा गरेका हुन् । घोषणा सभामा कैलाश र प्राइम बैंकका सञ्चालक समिति अध्यक्ष, सदस्य र कर्मचारीको उल्लेख्य सहभागिता थियो । बैंकको एकीकृत कारोबारमा १ हजार ५ सय कर्मचारीले उपभोक्तालाई सेवा दिने छन् ।

Advertisement

तपाईको प्रतिक्रिया